आहा रारा गोल्डकपलाई चरक मेमोरियलको साथ

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
sahara

पोखरा । १९ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटलले साथ दिने भएको छ ।

नागढुंगामा रहेको हस्पिटलले प्रतियोगितामा सह उपप्रायोजकको रुपमा सहारा क्लबसँग आइतबार सम्झौता गरेको हो । क्लबका अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदीप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हस्पिटलले केही दर्शकलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।

क्वाटरफाइनल खेलमा पहिलो १५ जना, सेमिफाइनलको खेलमा पहिलो २० जना र फाइनलमा पहिलो टिकट काट्नेमध्ये ३० जनालाई चरक मेमोरियल हस्पिटलले २० प्रतिशत छुट दिने क्लबले जनाएको छ ।

पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउलासहित नेपालका ६ वटा ए डिभिजन क्लब र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width