नेपाली सेनाको पोसाक लगाएर ठग्दै हिँड्ने पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
Nepali Sena Photo

पोखरा । पोखरामा नेपाली सेना भन्दै हिँड्ने १ युवक पक्राउ परेका छन् । नक्कली सेना बनेका थासाङ ४ मुस्ताङका तेन्जिङ तो गुरुङ भनिने विपीन लगुन विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पोखरामा नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेपछि शंका गरिएको थियो । विमानस्थलमा कार्यरत सेनालाई शंका लागेर चेकजाँच गर्दा सेना नभएको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा अनुसन्धान र कारबाहीका लागि पठाएको हो ।

उनको साथबाट सहायक सेनानी दर्जाको दज्र्यानी चिन्हसहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र बरामद गरेको छ ।

उनीबाट फ्लाइरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी र मोबाइल फोन पनि फेला परेको छ । विकलाई पक्राउ गरी लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width