पोखरा । मानव अधिकार तथा शान्ति समाज, कास्कीले म्यानमारमा सैनिकले मच्चाएको हिंसात्मक तथा रक्तपातपूर्ण गतिविधिको भत्र्सना गर्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीले सैनिक दमन तत्काल रोक, हत्या हिंसा बन्द गर, प्रजातन्त्र तुरुन्त बहाली गर , राजनीतिक बन्दीहरुको तत्काल रिहा गर जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।
चिप्लेढुंगास्थित मानव अधिकार चोकमा गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै संस्थाका गण्डकी सचिव धीरज थापाले म्यानमारमा सैनिकले हिंसात्मक एवं मानवता विरोधी गतिविधि बढाएको भन्दै त्यहाँका नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
उनले म्यानमारका जनतालाई सैनिक शासनविरुद्ध डटेर लड्न र प्रजातन्त्र पुनर्बहाली गर्न बल मिलोस् भन्ने कामना समेत गरेका छन् ।
शान्ति समाज कास्कीका सभापति अमृत सुवर्णकारले म्यानमारमा सैनिक ‘कू’ पश्चात दिनहुँजस्तो भएको नरसंहार तत्काल रोक्न आग्रह गरे । उनले म्यानमारको हिंसा रोक्न सम्बद्ध पक्षले तत्काल कदम चाल्न जरुरी रहेको समेत बताए । कार्यक्रममा समाजका सल्लाहकार कुलबहादुर नेपाली, सहसचिव सावित्री शर्मा लगायतले मन्तव्य राखेका थिए ।
म्यानमारको हिंसात्मक गतिविधि विरुद्ध शान्ति समाजले देशैभरी प्रदर्शन गर्दै आएको छ । म्यानमारको सैनिकले फेब्रुअरी १ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्त गरी सैनिक दमन सुरु गरेयता दिनहुँजसो दर्जनांै प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको छ भने २ हजार बढी नागरिकलई गिरफ्तार गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१