लमजुङ । मनाङमा शनिबार साँझ भएको ट्रक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मनाङको नाँसो गाउँपालिका– ३ को खोत्रो गाउँ क्षेत्रमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घट्नास्थलमै नासों गाउँपालिका– ४ को ओडार गाउँमा बस्ने अन्दाजी ६÷७ वर्षका बालक लिउन गुरुङ, सोही गाउँकी ३५ वर्षीय महिला मनिषा गुरुङ र सोही गाउँकी ३६ वर्षीया महिला लालकाशी गुरुङको मृत्यु भएको थियो । मनिषा र लिउन आमा छोरा भएको प्रहरीको भनाइ छ ।
मनाङबाट घाइते अवस्थामा उपचारका लागि बेसीशहर पठाइएकोमा लमजुङको मस्र्याङ्दी गाउँपालिका– ५ घर भएका ट्रकका सहचालक लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका– ४ बस्ने वर्ष ३५ को धनमान विकलाई लमजुङ जिल्ला अस्पताल ल्याउनासाथ मृतक घोषित गरिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए ।
उनका अनुसार उक्त दुर्घटनामा घाइते हुनेहरूमा सोही ट्रकका चालक लमजुङ घर भएका सुमन तामाङ तथा अन्दाजी ६/७ वर्ष उमेरका बालकद्वय थिउन गुरुङ र निहल गुरुङ रहेको प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताए । उनले भने ‘घाइते बालकहरू पनि नासों गाउँपालिका– ४ को ओडार गाउँकै हुन् । घाइते उनीहरू सबैको उपचारका लागि लमजुङको सदरमुकाम बेसीशहर पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।
ठेकेदारको सिमेन्ट लोड गरी जाँदै गरेको ध १ ख ५९२ नंबरको ट्रक बेसीशहरबाट मनाङको सदरमुकाम चामेतर्फ जादै थियो । ओभर लोडका कारण उकालोमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको देखिन्छ प्रहरी नायव उपरीक्षक खड्काले बताए । उनका अनुसार सो ट्रक सडकबाट करिब १५० मिटर तल मस्र्याङदी नदीमा खसेको थियो ।
घटनास्थलमै मृत्यु भएका ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामीछानेले बताए । उनका अनुसार अन्यलाई उपचारका लागि बेसीशहर पठाइएको छ ।
उक्त दुर्घटनाको जानकारी पाएपछि तत्कालै आफूहरू तत्काल उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताए ।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू मिलेर घाइतेहरूको उद्दार गरिएको हो ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१