कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्षमा प्रेमप्रसाद सुवेदी

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
cosmetic

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्षमा प्रेमप्रसाद सुवेदी निर्वाचित भएका छन् । संघको पोखरामा शनिवार भएको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा दुर्गा बराल, द्वितीय उपाध्यक्ष लक्ष्मण आचार्य, महासचिव शारदा भुजेल, सचिव महेन्द्र पौडेल, कोषाध्यक्ष हेमराज बराल र सहकोषाध्यक्ष सञ्जीव श्रेष्ठ रहेका छन् ।

सदस्य पुष्पा मरासिनी, नुमकला भट्टराई, मुक्तिराम दाहाल, दुर्गाबहादुर घर्ती, पूर्णिमा लम्साल, इन्दु रेग्मी र नारायण कोइराला निर्विरोध निर्वाचित भए ।

साधारण सभा उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य डा पुष्पा केसी भण्डारीले कस्मेटिक व्यवसायीका समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइराला, संघका उपमहासचिव केशवबहादुर खत्री, सदस्य हरिराज पन्त र राष्ट्रिय सौन्दर्यकर्मी कास्की अध्यक्ष गंगादेवी गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कस्मेटिक व्यवसायी संघ अध्यक्ष उमापति ढकालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण आचार्य र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष प्रेमप्रसाद सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width