क्षेत्रबहादुरको ‘जीवन कथा’ समीक्षा

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
deshbhakta

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको कृति ‘जीवन कथा’ माथि शनिबार समीक्षा गरिएको छ ।

कार्यक्रमका वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए ।

कार्यक्रममा शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवरको शिक्षा, साहित्य, राजनीतिक, पत्रकारिता लगायत हरेक क्षेत्रमा योगदान रहेको बताए ।

कृति समीक्षा गर्दै समीक्षक असफल गौतमले क्षेत्रबहादुरको जीवन कथा विभिन्न क्षेत्रको जानकारी लिन उत्कृष्ट कृति रहेको बताए ।

स्रष्टा क्षेत्रबहादुर कुँवरले लकडाउनको समय सदुपयोग आफूले सम्झे जति सम्पूर्ण विषयवस्तु यथार्थ घटनामा आधारित रहेर लेखेको हुँदा सबैको लागि उपयोगी हुने दाबी गरे ।

आयोजक अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठान नेपालका अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सूर्य खड्का विखर्ची,साहित्यकार कृष्ण उदासी, वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी, संगीतकार बिबि अनुरागी, प्रतिष्ठानका नायक देशभक्तसिंह कुँवर, प्राडा ध्रुवबहादुर अधिकारी, पुस्तक सम्पादकतर्फबाट विजय नेपाल लगायतले बोलेका थिए ।

सो अवसरमा एड्स रोग नियन्त्रण संघका अध्यक्ष समाजसेवी विश्वमोहन गौचन र एरेन्जर शुकुराम रसाइलीलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मुमताज कुँवर र सञ्चालन सञ्चारकर्मी देवेन्द्र एसकेले गरेका थिए ।

गत फागुन ४ मा कुँवरको ७५ औं जन्मोत्सव अवसरमा कृति लोकार्पण गरिएको थियो । पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र अलौकिक कवि देशभक्तसिंह कुँवरले पुस्तक सम्पादन गरेका हुन् । पाखरा वाङ्मय प्रतिष्ठान नेपाल प्रकाशक रहेको कृति फोटो कथासहित ३१० पृष्ठ लामो छ । उनका यसअघि ७ कृति पाठकसमक्ष आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width