२२ वर्षसम्म पनि लालपुर्जा पाएनन् खुुदीखोलाका सुुकुमबासीले

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
lalpurja

पोखरा । पोखरा ३२ खुुदीखोलाका सुुकुमबासी बस्तीका जनताले २२ वर्षसम्म लडाइँ गर्दा पनि लालपुर्जा नपाएको गुनासो गरेका छन् ।

पोखरा महानगरपालिका वडा ३२ खुदीखोला १ देखि ७ बस्तीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्याक्रममा अखिल नेपाल सुुकुमबासी संघका सचिव अर्जुन मल्लले सुुकुुमबासीले पाउनुपर्ने अधिकारहरु नपाएको बताए । उक्त बस्तीमा खानेपानीको समस्या छ । मल्लका अनुसार बस्तीमा आवश्यक पर्ने भौतिक विकासका काम धेरै भए पनि लालपुर्जा नबनेका कारण ८ सय ५० घरपरिवार समस्यामा परेका छन् ।

अखिल नेपाल सुुकुमबासी संघ कास्कीका अध्यक्षले कहिले सेतो पुर्जा दिने र कहिले लालपुर्जा दिने भनेर अझै अलमल परेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा संसद विकास समितिका अध्यक्ष दीपक कोइरालाले पोखरामा नेपालको संविधानमा नै भूमिविहीन भएर कोही पनि बस्न नपर्ने लेखिएको बताए । ‘संविधानमा नै सबैले जग्गा प्राप्ति गर्ने लेखिएको छ,’ उनले भने, ‘ संविधानको मौलिक हकमा लेखिएको कुरा जुन पार्टीको सरकार पाए पनि मेटिन्न ।’ उनले बेपत्ता भएका व्यक्तिको खोजी सरकारले शान्ति सम्झौता भएको ६ महिनामा गर्ने भनेपनि अहिलेसम्म काम गर्न नसकेको बताए ।

नेकपा केन्द्रीय सदस्य शिव लामिछानेले विभिन्न समयमा आर्मी पुलिसले उठाउँदा पनि ज्यान नै जोखिममा राखेर बस्ती बसेको जानकारी दिए । उनले पछिल्लो समयमा पोखरा महानगपालिकाले बनाउन लागेको सातमुहाने र गगनगौंडा जोड्ने खुुदीखोलाको पुल निर्माण गर्दा सुुकुमबासी बस्तीमा सल्लाह गरेर अघि बढ्ने बताए ।

पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले संघीय सरकार प्रदेश सरकार र महानगरपालिकाले दिएको अधिकार अनुसार आफूले सुकुमबासीको समस्या समाधाको लागि अघि बढेको बताए । उनले सुकुुबासीको समस्या समाधानको लािग आफूले छिटो समस्या हल गर्ने गरी काम गरेको सुनाए ।

पोखरा ३२ का वडा सदस्य विष्णुुप्रसाद तिवारीले सुुकुुमबासीको जग्गा प्राप्तिका लागि वडा कार्यालयले प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले सुुकुुमबासी समस्या हलको लागि अब दोस्रो चरणको काम सुुरु हुने बताए ।

अखिल नेपाल सुकुमबासी संघका कास्की जिल्ला उपाध्यक्षले सुुकुुमबासीको समस्या समाधान नभएमा अन्तिममा आन्दोलनमा उत्रिनुपर्ने बताए । शक्ति घाट शवदह स्थल निर्माण समितिका अध्यक्ष राजु क्षेत्रीले खुुदी खोलाको सुुकुुमबासी बस्तीलाई राजनीतिक थलो बनाएकोमा दुुख व्यक्त गरे । उनले सातुुमहाने र गगनगांैडा जोड्न पुन निर्माण आवस्यक नरहेको जिकीर गर्दै त्यसको साटो २ खोला जोडिएको ठाउँमा पुल बनाउनुुपर्ने माग गरे ।

जगतबहादुर घर्तिको अध्यक्षतमा भएको कार्याक्रममा स्थानिय सुुकुुमबासी ढाक पुुनामी, हरिवहादुर गुरुङ, कालु माली, जगतबहादुर परियार बोलेका थिए ।
उक्त स्थानमा सुुकुमबासी बस्ती २०५५ सालदेखि बस्दै आएको छ । सुुरुमा ४ सय घर बसे पनि अहिले ८ सय ५० घरधुरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width