अशक्त ज्येष्ठ नागरिकलाई युरिनल प्यान

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
samman~shree

हेमजा । माछापुच्छ्रे गाउँपालिकाले अशक्त ज्येष्ठ नागरिकलाई युरिनल प्यान विवरण गरेको छ । गाउँपालिकाले शनिबारसम्म ६० जनालाई युरिनल प्यान वितरण गरेको छ । वडा नम्बर ८ र ९ मा विवरण गर्न बाँकी रहेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रीता थापाले जानकारी दिइन् ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति गाउँपालिका चनाखो रहेको जनाउँदै त्यस्ता नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको औंल्याइन् ।

कार्यक्रममा वडाध्यक्ष समबहादुर गुरुङ, गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष गणेशप्रसाद अधिकारी र सचिव वेदनिधि दवाडीले गाउँपालिकाका ज्येष्ठ नागरिकको अवस्थाबारे जानकारी गराएका थिए । प्यान वितरणका लागि गाउँपालिकाले चालु आवमा २ लाख ३५ हजार रकम विनियोजन गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width