मनाङमा ट्रक दुर्घटनामा ३ जनाकाे मृत्यु, ३ महिलाको निधन, ५ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
accident 1

लमजुङ । जिल्ला मनाङमा भएको ट्रक दुर्घटना १ बालक र २ महिला गरी ३ जनाको निधन भएको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रोमा शनिबार दुर्घटना साँझ भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २ बालकसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यायल मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताए । उनका अनुसार उक्त दुर्घटनामा परी घट्नास्थलमा ज्यान गुमाउनेमा नासों गाउँपालिका– ४ को ओडार गाउँमा बस्ने अन्दाजी ६, ७ वर्षका बालक लिउन गुरुङ, सोही गाउँकी ३५ वर्षीय महिला मनिषा गुरुङ र सोही गाउँकी ३६ वर्षीया महिला लालकाशी गुरुङ तीनजना रहेका छन् । मनिषा र लिउन आमा छोरा भएको प्रहरी भनाई छ ।

उक्त दुर्घटनामा घाइते हुनेहरूमा सोही ट्रकका चालक लमजुङ घर भएका सुमन तामाङ, वतन खुल्न बाँकी रहेका उक्त ट्रकका सहचालक लक्ष्मण नेपाली छन् । त्यस्तै, अन्य घाइतेहरूमा अन्दाजी ६÷७ वर्ष उमेरका बालकद्वय थिउन गुरुङ र निहल गुरुङ रहेको प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताए । उनले भने ‘घाइते बालकहरू पनि नासों गाउँपालिका– ४ को ओडार गाउँकै हुन् । अर्को एक घाइतेहुनेमा मनाङको चामे गाउँपालिका– ४ बस्ने वर्ष ३५ को धनमान विक छन् ।’ घाइते उनीहरू सबैको उपचारका लागि लमजुङको सदरमुकाम बेसीशहर पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

ठेकेदारको सिमेन्ट लोड गरी जाँदै गरेको ध १ ख ५९२ नंबरको ट्रक बेसीशहरबाट मनाङको सदरमुकाम चामेतर्फ जादै थियो । ओभर लोडका कारण उकालोमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको देखिन्छ प्रहरी नायव उपरीक्षक खड्काले बताए । उनका अनुसार सो ट्रक सडकबाट करिब १५० मिटर तल सडकबाट मस्र्याङदी नदीमा खसेको थियो ।
घटनास्थलमै मृत्यु भएका ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामीछानेले बताए । उनका अनुसार अन्यलाई उपचारका लागि बेसीशहर पठाइएको छ ।

उक्त दुर्घटनाको जानकारी पाएपछि तत्कालै आफुहरु तत्काल उद्धारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्दार गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width