पोखराको जाल्पा सामुदायिक लघुवित्त आइपिओ जारी गर्दै

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
jalpa

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधरणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्ने तयारी गरेको हो ।

संस्थाको चुक्ता पुँजी हाल १० करोड ७८ लाख रुपैयाँ छ भने आइपिओ जारीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । वित्तीय संस्थाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

लघुवित्तको प्रधान कार्यालय सिमलचौर पोखरामा शुक्रबार लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतामा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दीनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कास्कीमा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था र दाङमा प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जर भइ गत मंसिरबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भएको थियो । संस्थाको कार्यक्षेत्र २० जिल्ला रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width