काठमाडौं । लघुवित्त संघ नेपाल अध्यक्षमा दोस्रो कार्यकालका लागि अध्यक्षमा जगत पोखरेल निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको संघको प्रथम साधारणसभाले उपाध्यक्षमा भगवती चौधरी र माणिकरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसीलाई नै निर्वाचित गरेको छ । यस्तै सदस्यमा विमला उपाध्याय घिमिरे र किरण चौधरी निर्वाचित भए ।
स्थापनाका बेला ९ सदस्यीय रहेको समिति विस्तार गरी ११ सदस्यीय बनाउने र बाँकी ३ जना पछि मनोनित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
संघले प्रथम साधारणसभा तथा वार्षिकोत्सवका अवसरमा लघुवित्त क्षेत्रमा योगदान गरेका ७ लाई सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट लघुवित्त क्षेत्रमा योगदान पु¥याएको भन्दै संस्थाले पत्रकार जीवन भण्डारीलाई सम्मान गरेको हो । झण्डै २ दशकदेखि पत्रकारितामा क्रियाशिल राष्ट्रिय समाचार समिति(रासस)का उपसम्पादक भण्डारीलाई संघको स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडाँैमा अर्थ सचिव शिशिर ढुंगानाले सम्मान गरे ।
लघुवित्त वित्तिय संस्थाको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई उत्कृष्ट सिइओ सम्मान प्रदान गरिएको छ ।
त्यसैगरी लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट योगदान गरेकामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भरतसिंह थापालाई पनि सम्मान गरिएको छ । संघले लघुवित्त वित्तीय संस्थामा सेवाग्राहीको रुपमा आबद्ध भइ आफ्नो आर्थिक तथा सामाजिक उत्थान गरेका ३ महिलालाई प्रोत्साहन स्वरुप सम्मान गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
उनले लघुवित्त क्षेत्रको संवद्र्धन गर्न र बिक्रेता न्यूनीकरण गर्न योगदान गरेका व्यक्तिलाई संघले हरेक वर्ष प्रोत्साहन गर्ने योजना बनाएको पनि बताए । देशभर रहेका लघुवित्त वित्तीय संस्थालाई सङ्गठित गरी यस क्षेत्रका समस्याको समाधान गर्दै सेवालाई प्रभावकारी र उपयोगी बनाउने उद्देश्यले गत वर्ष संघको स्थापना भएको हो ।
अध्यक्ष पोखरेलले लघुवित्तका विकृति विसङ्गति रोक्न, नीतिगत विषयमा बल पु¥याउन र लगानीकर्ताको लगानी सुरक्षित गराउन संघको स्थापना गरिएको बताए । सरकार र राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्न, व्यवस्थापन र कर्मचारीको मनोबल बढाउने काममा लाग्न पनि सस्था आवश्यक रहेको उनको भनाइ थियो ।
लघुवित्त क्षेत्रलाई प्रभावकारी बनाउन वित्तीय साक्षरता अत्यावश्यक रहेकाले घरघरमा पुगेर वित्तीय साक्षरता दिनुपर्नेमा उपाध्यक्ष चौधरीले जोड दिए । लघुवित्तले गरेको राम्रो काममा पनि राज्यलगायत सरोकारवालाको हेर्ने नजर सन्तोषजनक नरहेको महासचिव विश्वकर्माको अनुभव छ ।
माइक्रोफाइनान्स मर्ज हुने क्रम चलिरहेकाले अहिले ७८ वटा माइक्रोफाइनान्स रहेको र ४० वटा संघमा आबद्ध रहेको सचिव अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१