समयसीमा अगावै बन्यो कफी प्रशोधन केन्द्र

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
Coffee Photo 1

पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रादेशिक कार्यालय पोखराले स्थापना गरेको कफी प्रशोधन केन्द्रको भवन निर्धारित समयभन्दा २ महिना अगावै पूरा भएको छ ।

कुल ३५ लाख रुपैयाँ लागतमा गत मंसिरमा ठेक्का सम्झौता भई काम सुरु भएकोमा २ महिना अगावै फागुन २० मा निर्माण सम्पन्न भएको कार्यालयका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए । भवन निर्माण समयसीमा जेठ २४ सम्म थियो ।

बास्तोला निर्माण सेवाले बनाएको चारकोठे भवनमा हल सहित कफी प्रशोधन कक्ष, किसानका लागि प्रयोगात्मक कक्ष बनाइनेछ । ‘भवनमा कफी प्रशोधनका लागि आवश्यक स्टोर, रोस्टिङ, टेस्टिङ कक्ष निर्माण हुनेछ,’ निमित्त क्षेत्रीय निर्देशक पुरीले भने, ‘यही भवनबाट कफी बिस्तारका कार्यक्रम अगाडि बढाइनेछ ।’

बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले शुक्रबार भवन उद्घाटन गर्दै समस्या बीचमा सम्भावना बोकेको चिया र कफी अचेल धेरैको रोजाइमा पर्ने गरेको बताए ।

सरकारले पनि विशेष प्राथमिकता दिएको बताउँदै उनले छिट्टै चिया कफीसँगै अलैँचीलाई पनि समावेश गर्न लागेको जानकारी दिए । नेपालमा उत्पादन र उत्पादकत्व बढाउने हो भने राम्रो स्थान लिने उनको धारणा थियो । कृषकलाई ढुक्क भएर यो व्यवसायमा लाग्न उनले सुझाव दिए । ‘तपाईहरु यो व्यवसाय र उद्यममा लाग्नुहोस्,’ उनले भने, ‘हाम्रोतर्फबाट प्राविधिक समस्या समाधानका लागि हामी छौं ।’

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले कृषिको अनुदानलाई कतै नबाझिने गरी वितरण गर्नुपर्ने धारणा राखे । तीन तहको सरकारबीच सहकार्य नहुँदा वास्तविक किसान मारमा पर्ने गरेको उनले बताए । ‘एउटै मान्छेले धेरै फर्म दर्ता गरेर राख्छन्,’ उनले भने, ‘अनि स्थानीय, प्रदेश र संघ सरकारको अनुदान कहिले आउँछ भनेर कुरेर बस्छन् ।’

सो अवसरमा छिटो काम सम्पन्न गर्ने बास्तोला निर्माण सेवा र इन्जिनियर सुरेशकुमार देवलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • जीवन प्रकाशमय बनाउन गुरुपरम्परा : प्रदेश प्रमुख पौडेल

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरुपी प्रकाशले अन्धकार चिरेर जीवन प्रकाशमय बनाउन गुरु परम्पराको महत्वमा जोड दिएकी छन्…
    • गण्डकीमा २७७ निको, ४ को मृत्यु

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७७ जना निको भएका छन् । शुक्रबार ४ सय १० संक्रमणमुक्त भएकोमा शनिबार निको…
    • २ मन्त्री पाएसँगै स्याङ्जावासी खुसी

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      स्याङ्जा । स्याङ्जाले गण्डकी प्रदेश सरकारमा २ मन्त्री पाएको छ । शुक्रबार मन्त्रिपरिषद् पूर्णसँगै ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जाले २…
    • बम डिस्फोज

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      कावासोती । कावासोती १४, कोल्टाँडी क्षेत्रको जंगलमा भेटिएको बम डिस्फोज गरिएको छ । किसानले स्याउला काट्ने क्रममा शनिबार बम देखेपछि प्रहरीलाई…
    • निषेधाज्ञा १५ दिन थप

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      स्याङ्जा  । स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले १५ दिन निषेधाज्ञा थप गर्दैै…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads