म्याग्दीमा प्रथम लोक सांस्कृतिक उत्सव

साधन राम्जाली
चैत्र ७, २०७७
sanskritik utsab (1)

????????????????????????????????????

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान म्याग्दीले नयाँ वर्ष २०७८ को अवसरमा लोक सांस्कृतिक उत्सव गर्ने भएको छ । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ नाराका साथ उत्सव आयोजना गर्न लागेको हो । प्रतिष्ठानले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरी वैशाख १ देखि ३ गतेसम्म सञ्चालन हुने उत्सवबारे जानकारी गराएको छ ।

कोरोनाकाले विथोलिएको सांस्कृतिक कार्यक्रमलाई पुरानै लयमा फर्काउने र जिल्लाका नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष एवं कार्यक्रमका मूल संयोजक देवेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।

उत्सवमा पालिकास्तरीय लोकदोरी गीत प्रतियोगिता र खुला एकल लोक नृत्य प्रतियोगिता राखिएको प्रतिष्ठान गण्डकी प्रदेश कमिटीका संगठन विभाग सदस्य तथा कार्यक्रम संयोजक अमीत विश्वकर्माले जानकारी दिए । लोकदोहोरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गायक र गायिकालाई समान ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । खुला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार र ४ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैबीच प्रतिष्ठानका पूर्व अध्यक्षहरुसहित लोकदोहोरी क्षेत्रमा योगदान पुर्‍याएका कलाकारलाई सम्मान गरिने प्रतिष्ठानका सचिव पदम विश्वकर्माले बताए । जातजातिका झाँकी प्रदर्शनसहित सुरु हुने उत्सवमा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथै हाँस्यव्यंग्य र विविध सांकृतिक कार्यक्रम राखिएको सचिव विश्वकर्माले बताए ।

उत्सवबाट बचत हुने रकमबाट जिल्लामा कलाकार लोककल्याणकारी कोष गरिने उनले बताए । उत्सव सञ्चालनमा करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

कोष स्थापनाका लागि प्रतिष्ठानका सल्लाहकार अग्रज गायिका धनकुमारी थापाले ३० हजार ५५ रुपैयाँ र लोक दोहोरी गायक एवं प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व सह अध्यक्ष राजेन्द्र सापकोटाले रोयल खाद्य स्टोर्सका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पदम विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जविनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा लगायतले उत्सवले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width