मलेखु बन्यो डिजिटल बजार

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
kumari

पोखरा  । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक र फोनपे पेमेन्ट सर्भिसको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्युआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे । उनले विभिन्न व्यवसायीलाई क्युआर कोड समेत हस्तान्तरण गरे । योसँगै मलेखुका हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्युआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्युआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने बताए ।

कुमारी टेक्नोलोजिमा आधारित बैंकिङलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिन मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width