पोखरा। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, प्रादेशिक कार्यालय पोखराले स्थापना गरेको कफी प्रशोधन केन्द्रको भवन निर्धारित समयभन्दा २ महिना अगावै पूरा भएको छ ।
कुल ३५ लाख रुपैयाँ लागतमा गत मंसिरमा ठेक्का सम्झौता भई काम सुरु भएकोमा २ महिना अगावै फागुन २० मा निर्माण सम्पन्न भएको कार्यालयका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए । भवन निर्माण समयसीमा जेठ २४ सम्म थियो ।
बास्तोला निर्माण सेवाले बनाएको चारकोठे भवनमा हल सहित कफी प्रशोधन कक्ष, किसानका लागि प्रयोगात्मक कक्ष बनाइनेछ । ‘भवनमा कफी प्रशोधनका लागि आवश्यक स्टोर, रोस्टिङ, टेस्टिङ कक्ष निर्माण हुनेछ,’ निमित्त क्षेत्रीय निर्देशक पुरीले भने, ‘यही भवनबाट कफी बिस्तारका कार्यक्रम अगाडि बढाइनेछ ।’
बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले शुक्रबार भवन उद्घाटन गर्दै समस्या बीचमा सम्भावना बोकेको चिया र कफी अचेल धेरैको रोजाइमा पर्ने गरेको बताए ।
सरकारले पनि विशेष प्राथमिकता दिएको बताउँदै उनले छिट्टै चिया कफीसँगै अलैँचीलाई पनि समावेश गर्न लागेको जानकारी दिए । नेपालमा उत्पादन र उत्पादकत्व बढाउने हो भने राम्रो स्थान लिने उनको धारणा थियो । कृषकलाई ढुक्क भएर यो व्यवसायमा लाग्न उनले सुझाव दिए । ‘तपाईहरु यो व्यवसाय र उद्यममा लाग्नुहोस्,’ उनले भने, ‘हाम्रोतर्फबाट प्राविधिक समस्या समाधानका लागि हामी छौं ।’
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले कृषिको अनुदानलाई कतै नबाझिने गरी वितरण गर्नुपर्ने धारणा राखे । तीन तहको सरकारबीच सहकार्य नहँुदा वास्तविक किसान मारमा पर्ने गरेको उनले बताए । ‘एउटै मान्छेले धेरै फर्म दर्ता गरेर राख्छन्,’ उनले भने, ‘अनि स्थानीय, प्रदेश र संघ सरकारको अनुदान कहिले आउँछ भनेर कुरेर बस्छन् ।’
सो अवसरमा छिटो काम सम्पन्न गर्ने बास्तोला निर्माण सेवा र इन्जिनियर सुरेशकुमार देवलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
पाथार्दीको बाख्राफार्म किसानकोे आकर्षणस्थल
वालिङका सहकारीलाई बिउबिजन वितरण
बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै
चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण
hero news full width
मुख्य समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७