स्याङ्जा साहित्य प्रतिष्ठानको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७७
literature syangaj

स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठानले विभिन्न व्यक्तिको सम्मान तथा साहित्यिक कार्यक्रम गरेको छ । त्रिभुवन बहुमुखी क्याम्पसको सहजीकरणमा स्याङ्जामा भएको कार्यक्रममा देशभरका विभिन्न ठाउँहरूबाट प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता छ ।

कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा यानीति साहित्य पुरस्कारबाट सहप्राध्यापक डा नेत्रप्रसाद न्यौपाने, कालीगण्डकी कला साहित्य पुरस्कारबाट प्राडा मोतीलाल पराजुली, आमा सुमित्रा गिरी साहित्य पुरस्कारबाट उपप्राध्यापक टंकप्रसाद पन्थ सम्मानित भए ।

त्यस्तै वातावरण र पर्यावरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएमा युवा वातावरणविद् मित्र पाण्डेलाई पनि सम्मान गरियो ।

दुई दिनसम्म चल्ने सो कार्यक्रमको पहिलो दिन साहित्यकार त्रिभुवन शर्माको ‘फूलपाती’ र मुक्तिप्रसाद घर्तीको ‘अतीतको सम्झना’ नामक कृतिको विमोचन गरिएको थियो । सो अवसरमा कवि सर्जकले रचना वाचन गरे ।

कार्यक्रममा प्राडा विष्णुप्रसाद पौडेलले साहित्यलाई संख्यात्मकभन्दा पनि गुणात्मक ढंगले माथि उठाउनुपर्ने बताए । प्राडा मोतीलाल पराजुलीले आफूले लोकसाहित्यको अनुसन्धान सुरु गर्दा निकै कठिन यात्रा गर्नुपरेको भए तापनि आज लोकसाहित्यमा २० वटा भन्दा बढी विद्यावारिधि तहका अनुसन्धान सम्पन्न भइसकेको र बाटो धेरै सुगम बनिसकेकोमा आफूलाई गौरवबोध भएको बताए ।

प्राध्यापक हुमाकान्त पाण्डेले वास्तविक साहित्य चिनेर त्यसको मर्म अनुसार स्रष्टाहरू अगाडि बढ्नुपर्ने बताए ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले आफूहरुले विद्यार्थीकालमा बनारसमै छँदाबाट साहित्यक सिर्जनाको प्रयास गरेर आजसम्म त्यसैमा जीवन समर्पण गरेको धारणा राखे ।

स्याङ्जा साहित्य प्रतिष्ठान अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव बाबवुकुमार सिग्देल र सञ्चालन स्याङ्जा प्रतिष्ठानका कोषाध्यक्ष रवीन केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width