स्याङ्जा । बिरुवा गाउँपालिकाले स्थानीय तहको पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला सञ्चालन गरेको छ । कार्यशालाको संविधान सभा सदस्य टेकु नेपालीले उद्घाटन गरे । ३ दिनसम्म चल्ने कार्यशालालाई साभ नेपालले सहजीकरण गरेको छ ।
कार्यशाला उद्घाटनपछि संविधानसभा सदस्य टेकु नेपालीले स्थानीय पाठ्यक्रमले केन्द्रीय पाठ्यक्रमले पूरा गर्न नसकेका विद्यार्थीका आवश्यकता पूरा गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकता र चाहनासँग मिल्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद दीपक चर्तीमगरले लोपोन्मुख जातिका भाषा, सभ्यता र संस्कृतिलाई स्थानीय पाठ्यक्रमले उजागर गर्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले बिरुवा गाउँपालिकाका स्थानीय पेसा, व्यवसाय, संस्कृति र जीवन पद्धति झल्किने खालको पाठ्यक्रम र पाठ्यपुस्तक विद्यार्थीका हातहातमा पु¥याउन आफूहरु लागिपरेको बताए । उनले भने, ‘स्थानीय कला, सभ्यता र सांस्कृतिक पहिचानका लागि स्थानीय पाठ्यक्रम महत्वपूर्ण हुन्छ ।’ गाउँपालिका उपाध्यक्ष देवी थापाले स्थानीय पाठ्यक्रमले स्थानीय पेसा र व्यवसायलाई सम्वद्र्धन र संरक्षण गर्न सहयोग पु¥याउने उल्लेख गरिन् ।
साभ नेपालका अध्यक्ष तुलसी प्रभासले आफूहरुले स्थानीय भाषा, कला, लोकसाहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा विगत १ दशकदेखि सक्रियतापूर्वक काम गरिरहेको सुनाए । उनले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि साभ नेपाललाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाए ।
पाठ्यक्रमविद् प्रा. ध्रुव खनालले पाठ्यक्रम निर्माणका मार्गदर्शक सिद्धान्तको फ्रेमवर्कभित्र स्थानीय विषयवस्तुलाई समेट्दै तथा स्थानीय आवश्यकता र विशेषतालाई प्राथमिकतामा राखेर स्थानीय माटोको सुगन्ध आउने पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिनुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुषालले सञ्चालन गरेका थिए । पाठ्यक्रममा समेटिनुपर्ने विषयक्षेत्रका साथै सुझावका लागि समूह बनाइ छलफल गरिने गाउँपालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१