बिरुवामा स्थानीय पाठ्यक्रम निर्माण कार्यशाला

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७७
Biruwa Gaunpalika

स्याङ्जा । बिरुवा गाउँपालिकाले स्थानीय तहको पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला सञ्चालन गरेको छ । कार्यशालाको संविधान सभा सदस्य टेकु नेपालीले उद्घाटन गरे । ३ दिनसम्म चल्ने कार्यशालालाई साभ नेपालले सहजीकरण गरेको छ ।

कार्यशाला उद्घाटनपछि संविधानसभा सदस्य टेकु नेपालीले स्थानीय पाठ्यक्रमले केन्द्रीय पाठ्यक्रमले पूरा गर्न नसकेका विद्यार्थीका आवश्यकता पूरा गर्न योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकता र चाहनासँग मिल्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद दीपक चर्तीमगरले लोपोन्मुख जातिका भाषा, सभ्यता र संस्कृतिलाई स्थानीय पाठ्यक्रमले उजागर गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले बिरुवा गाउँपालिकाका स्थानीय पेसा, व्यवसाय, संस्कृति र जीवन पद्धति झल्किने खालको पाठ्यक्रम र पाठ्यपुस्तक विद्यार्थीका हातहातमा पु¥याउन आफूहरु लागिपरेको बताए । उनले भने, ‘स्थानीय कला, सभ्यता र सांस्कृतिक पहिचानका लागि स्थानीय पाठ्यक्रम महत्वपूर्ण हुन्छ ।’ गाउँपालिका उपाध्यक्ष देवी थापाले स्थानीय पाठ्यक्रमले स्थानीय पेसा र व्यवसायलाई सम्वद्र्धन र संरक्षण गर्न सहयोग पु¥याउने उल्लेख गरिन् ।

साभ नेपालका अध्यक्ष तुलसी प्रभासले आफूहरुले स्थानीय भाषा, कला, लोकसाहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा विगत १ दशकदेखि सक्रियतापूर्वक काम गरिरहेको सुनाए । उनले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि साभ नेपाललाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाए ।

पाठ्यक्रमविद् प्रा. ध्रुव खनालले पाठ्यक्रम निर्माणका मार्गदर्शक सिद्धान्तको फ्रेमवर्कभित्र स्थानीय विषयवस्तुलाई समेट्दै तथा स्थानीय आवश्यकता र विशेषतालाई प्राथमिकतामा राखेर स्थानीय माटोको सुगन्ध आउने पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका शिक्षा शाखा प्रमुख जीवलाल भुषालले सञ्चालन गरेका थिए । पाठ्यक्रममा समेटिनुपर्ने विषयक्षेत्रका साथै सुझावका लागि समूह बनाइ छलफल गरिने गाउँपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • अनलाइन कक्षाको विकल्प खाज्न माग

      रासस असार ४, २०७८
      नवलपुर । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक…
    • तनहुँमा ‘फोन पाठशाला’

      रासस जेठ २९, २०७८
      दमौली । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु…
    • अब अनलाइनबाट विद्यार्थी भर्ना

      रासस जेठ २८, २०७८
      चितवन । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ…
    • निषेधाज्ञाले पाठ्यपुस्तक अभाव

      आदर्श समाज सम्वाददाता जेठ २५, २०७८
      पोखरा। जारी निषेधाज्ञाका कारण नयाँ शैक्षिक सत्रका लागि गण्डकीका विभिन्न जिल्लामा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन । हिमाली जिल्ला मनाङ र मुस्ताङमा…
    • निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह

      रासस जेठ २२, २०७८
      काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग