कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।
जङ्गलमा लु५८प ७०४८ नंको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकामा पुरनो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१