पोखरा । मुद्दाका पक्षका कुरा सुनेर त्यसै अनुसार कागजात तयार गरी न्यायालयको ढोकासम्म पु¥याउने काम गर्छन् कानुन व्यवसायीले । कानुनका दफा, उपदफा अनि नजीर पल्टाएर न्यायाधीशलाई छर्लंग बुझाउने काम हो कानुन व्यवसायीको ।
बार र बेञ्च अर्थात् कानुन व्यवसायी र न्यायाधीश सही मनस्थितिमा रहे मात्र न्याय पर्छ भनिन्छ । यो वास्तविकता पनि हो । तर कहिलेकाहीँ उल्टो भइदिन्छ । मुद्दाका पक्ष र न्यायालयबीच सहजीकरण गर्नुपर्ने कानुन व्यवसायी नै बिचौलिया बनिदिन्छन् । जबरजस्ती करणी मुद्दामा बिचौलियाको काम गर्ने पोखराका ‘वकिल’ बिहीबार प्रहरीको फन्दामा परेका छन् ।
जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम समेत असुलेको आरोपमा अधिवक्ता लक्ष्मीप्रसाद घिमिरे पक्राउ
जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम समेत असुलेको आरोपमा अधिवक्ता लक्ष्मी घिमिरे पक्राउ परेका हुन् । घटना विवरण अनुसार पोखराकै १७ वर्षे युवतीमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा ५७ वर्षे पुरुष १९ दिन अघि पक्राउ परेका थिए । कहिले लेकसाइडका होटेल त कहिले पामेतिर लगेर बारम्बार करणी गरेको आरोपसहित युवतीले दिएको उजुरीका आधार ती पुरुष पक्राउ परेका हुन् ।
पक्राउ परेका ती पुरुषकी पत्नीलाई भेटेर मुद्दा मिलाइदिने भन्दै २ जनाले यसअघि नै केही रकम असुली गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरेर फाइल तयार गरिरहेकै बेला मुद्दा मिलाइदिने भन्दै पीडितका आफन्तलाई फकाउन लागीपरेका २ जना पीडितकै उजुरीका आधारमा फागुन १९ गते पक्राउ परेका थिए । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ बस्ने ५८ वर्षका सूर्यलाल खड्का र धादिङ गंगाजमुना गाउँपालिका १ घर भई पोखराको हेमजा बस्ने ३९ वर्षका कमन भनिने कमानबहादुर तामाङ थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार जबरजस्ती करणी मुद्दाका पक्षलाई उनीहरुले ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भनी धम्क्याइ झुटा आश्वासन दिएर केही रकमसमेत असुली गरेका थिए । उनीहरु दुवै जनालाई फागुन १९ गते पक्राउ गरेर ठगी सम्बन्धी कसूर अन्तरगत थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।
आखिर यी २ भाइले यो आँट कहाँबाट पाए त ? प्रहरीले अनुसन्धान गर्दै जाँदा पारो अधिवक्ता लक्ष्मीप्रसाद घिमिरेतिर तेर्सियो । प्रहरीले घिमिरेका गतिविधिमाथि निगरानी गरी नै रह्यो । बिहीबार उनै घिमिरेलाई प्रहरीले जिल्ला अदालत नजिकैबाट चेक र नगदसहित नियन्त्रणमा लियो । घिमिरेले ओम ल फर्म सञ्चालन गर्दै आएका छन् । अभिवक्ताबाट अनुभवका आधारमा अधिवक्ताको लाइसेन्स पाएका उनी सामान्य चल्तीका वकिल हुन् । प्रहरीले उनको साथबाट १२ लाखको चेक र १ लाख १० हजार नगद नियन्त्रणमा लिएको छ । घिमिरेलाई बिहीबारै जिल्ला अदालत कास्कीबाट ४ दिनका लागि म्याद थपेर प्रहरीले अनुसन्धान गरेको छ ।
अध्यादेश पछिको व्यवस्था
यौन हिंसाका घटना बढ्दै गएपछि सरकारले मंसिर ३, २०७७ मा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७७’ जारी ग¥यो । जसमा मुलुकी अपराध संहिता २०७४ को दफा २२७ मा उपदफा ‘क’ थप गरिएको छ । जसमा ‘करणी सम्बन्धी कसूर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप गराउन वा त्यसका लागि दबाब दिन वा प्रभावमा पार्न हुँदैन’ उल्लेख छ । यही दफाका आधारमा अधिवक्ता घिमिरे पक्राउ परेका हुन् । यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
कास्कीका विद्यालय बन्द नहुने
कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
hero news full width
मुख्य समाचार
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
वैशाख २, २०७८संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
वैशाख २, २०७८मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य : सरकारविरुद्धको रणनीतिमा ३ दलको कसरत सुरु
वैशाख २, २०७८गण्डकीको राजनीतिमा नयाँ माेड : प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
वैशाख २, २०७८