गोर्खा वेल्फेयरको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
gurkha

पोखरा। गोर्खा वेल्फेयर ट्रष्टले पोखरा–२३ स्थित हर्पनकोट माविमा विद्यार्थी तथा शिक्षकको स्वास्थलाई मध्यनजर गर्दै ह्यान्डवास स्टेसन, सेनिटाइजर लगायत विभिन्न १५ किसिमका सामान सहयोग गरेको छ ।

गोर्खा वेल्फेयर ट्रस्टका देव वागवल, भोम थापा र गुमानसिं गुरुङ लगायतले ती सामग्री विद्यालय प्रअ कृष्णबहादुर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

सामग्री ग्रहण गर्दै प्रअ पोखरेलले गोर्खा वेल्फेयरको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width