तेस्रो सिर्जना कप भलिबल चैत दोस्रो साता

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
Volleyball Photo

पोखरा। पोखरामा कास्की जिल्लास्तरीय सामुदायिक मावि छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र, पोखराको संयुक्त आयोजनामा चैत ११ देखि १४ सम्म तेस्रो सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ ३ वर्ष अघि सुरु भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयले सहभागिता जनाउन सक्ने छन् । कक्षा १२ सम्मका विद्यार्थीको टिम बनाएर सम्पर्क गर्नुपर्ने सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले बताए ।

प्रतियोगितामा ५० टिमले भाग लिने आयोजकको अपेक्षा छ । चैत ९ सम्म नाम दर्ता गराउन सकिने र टिम दर्ता शुल्क ३ हजार लाग्नेछ ।

उपाधि विजेता छात्रछात्रा दुवै विधामा ७०÷७० हजार, उपविजेतालाई ३५÷३५ हजार र तृतीयलाई २०÷२० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडी छात्रछात्रालाई जनही ५ हजारसहित ट्रफी तथा उत्कृष्ट स्पाइकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताबाट ११ लाख आम्दानी गरी १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । बचत रकम भलिबल खेलकै विकास र बिस्तारका लागि खर्च गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width