प्रवीण गुरुङको स्मृतिमा जन्मभूमिमा साताव्यापी कार्यक्रम

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
prabin grg 1

हेमजा । अन्नपूर्ण गाउँपालिकाले लोक गायक  प्रवीण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण ६ लुम्लेमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम चैत १५ देखि २१ गतेसम्म हुने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत खुला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली ब्यान्डको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको व्यवस्थापन समितिका सचिव राजु गुरुङले जानकारी दिए । लोकदोहोरी कार्यक्रमको व्यवस्थापन लुम्लेस्थित रिनी म्यू समाज तथा खेलकुद कार्यक्रमको संयोजन स्थानीय सुनगाभा युवा क्लबले गर्ने छ ।

दोहोरीतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ६ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमश ५० हजार ५ सय ५० रुपैयाँ, ३० हजार ५ सय ५० रुपैयाँ, १५ हजार ५ सय ५० रुपैयाँ र ५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । भलिबलतर्फ बेस्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको भलिबल संयोजक रोहित गुरुङले बताए ।

प्रवीण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको सालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो । २०१८ साल माघ १ गते जन्मेका गुरुङको गीत संगीतको क्षेत्रमा लाग्दालाग्दै २०५१ साल साउन २२ गते काठमाडौंमा सवारी दुर्घटनामा परी निधन भएको थियो । १० वर्षको उमेरदेखि नै सांगीतिक यात्रामा निस्केका गुरुङले राष्ट्रिय नाचघर काठमाडौंमा पनि काम गरेका थिए ।

तत्कालीन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथिबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु चर्चित छन् ।

Related News

सम्बन्धित समाचार

    • अब बाँच्छ सिक्लेसी ठाडो भाका

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ चैत्र १९, २०७७
      पोखरा । पर्यटकीय गाउँ सिक्लेसकी नौमाया गुरुङ सानैदेखि गाउन सिपालु थिइन् । सिक्लेसमा घाटु, सोरठी, कृष्ण चरित्र, कस्केली ठाडोभाका लगायत…
    • पर्वतका अरुण बने सप्तरंगी प्रतिभा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा । सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको सप्तरंगी प्रतिभाको खोजी–२०७७ सम्पन्न भएको छ । प्रतिभाको खोजी एकल खुला गायनतर्फ पर्वतका अरुण सुनार भए…
    • सुनिल गायकको ‘कहिले भइन’ सार्वजनिक

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ५, २०७७
      पोखरा । सुनिल गायकको ‘कहिले भइन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सारङ्गी म्युजिक स्टुडियोको प्रस्तुति र सुनिलकै शब्द संगीतमा…
    • लकडाउनपछि कलाकारको व्यस्तता बढ्दै

      rss रासस चैत्र २, २०७७
      बागलुङ । अहिलेका उम्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहनुभयो । फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा बिट मार्नुभयो…
    • लोकदोहोरीमा बागलुङ प्रथम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १, २०७७
      पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको लोकदोहोरी गीत प्रतियोगितामा बागलुङ विजयी भएको छ । फाइनलमा…

    hero news full width

    sanil ads

    wordlink ads