वालिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताउनुभएको छ । वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला आएको बताउनुभएको हो ।
नेपाल तरुण दल भीरकोट नगर कार्यसमितिले आज स्याङ्जाको बयरघारीमा आयोजित आमसभामा उहाँले जब मुलुकमा अप्ठ्यारो स्थिति आइपर्छ त्यतिबेला कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको इतिहास रहेको बताउँदै अब पनि देशलाई निकास दिन कांग्रेसले जिम्मेवारी लिनुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । “स्थिर सरकारको कल्पना गरी नेकपालाई जनताले पाँच वर्षको अवधिका लागि चुनेर पठाएका थिए”, नेता थापाले भन्नुभयो, “जुन अपेक्षा जनताले यो सरकारबाट गरेका थिए त्यो पूरा हुन सक्ने अवस्था नै रहेन बरु विकासभन्दा पनि विनाशतर्फ लैजाने प्रयास भयो, यसलाई अब हामीले रोक्नुपर्ने बेला आएको छ ।”
सभामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कम्युनिष्टसँग नेपाली कांग्रेसले सहकार्य गर्न नहुने धारणा राख्नुभयो ।
Related News
सम्बन्धित समाचार
एमाले वडा कमिटी २१ को पदस्थापन
एकीकृत समाजवादी गण्डकीमा नेपाली
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१