पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालि बीच क्युआर कोड प्रवद्र्धन र डिजिटल पार्टनरसिप गर्न बुधबार सम्झौता भएको छ । लेकसाइडमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार संघ र यस अन्तर्गतका सदस्य होटलले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग र प्रोत्साहन गर्ने छन् भने फोनपेले इसेवा लगायत उसका अन्य कम्पनीमार्फत् पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने छन् ।
संघका अध्यक्ष विकल तुलाचनले प्रविधि अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने बताए । डिजिटल मुभमेन्टलाई अघि बढाउने विषयमा संघ प्रतिबद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्युआर कोडलाई बढीभन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।
फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारे चर्चा गरे । संघले सञ्चालन गरेको जाउँ है पोखरा अभियानलाई अघि बढाउन र पोखरालाई डिजिटल विषयमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट सहयोग रहने उनले बताए ।
नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख ईश्वरीप्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधि पु¥याइनुपर्नेमा जोड दिँदै यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, सुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने उनले बताए । राष्ट्र बैंकले यस्तो भुक्तानीलाई प्रोत्साहन गर्दै आएको पनि उनले बताए ।
होटल संघ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र डिजिटल प्रणालीको विकास र महत्वबारे प्रष्ट्याए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, फोन पे समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
भुक देउराली होमस्टेमा सचेतना
खास्टेताल महोत्सवमा २ करोडको कारोबार
अमलटारीको ‘सिग्नेचर’ अनदीको ‘चिचर’
खास्टे महोत्सव जारी
कसरी हुन्छ पोखराको पर्यटनको ब्रान्डिङ ?
hero news full width
मुख्य समाचार
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७