खोपको दोस्रो मात्रा वैशाख ७ देखि

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
corona-vaccine_20201208011304

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ सम्म प्रदान गरिने भएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले गत माघ १४ देखि फागुन १० सम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो ।

पहिलो चरणमा ४ लाख २९ हजारले खोप लगाएका थिए । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ देखि चैत ३ सम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जानकारी दिए । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ ।

भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण २ दिनभित्र केन्द्रमा पठाउन पनि निर्देशन दिने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width