पत्रकार महासंघको निर्वाचन चैत २५ गते

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७७
FNJ

पोखरा । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको मंगलबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले बताए ।

महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ ।

निर्वाचनको मिति तय भएसँगै पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width