रोटरीले दियो आँखा अस्पताललाई सिटी स्क्यान मेसिन

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
Rotary Photo

पोखरा । ‘माया गर्न आँखकै सहारा चाहिने, घृणा गर्न पनि आँखाकै भाका, नयनले अनेकन भाव दर्शाउँछ’ एक कार्यक्रमका सञ्चालक उपेन्द्र पौडेलले सुरुआतमा भनेको यो भनाइले उपस्थित सबै सोच्न बाध्य भए । ‘आँखाले के के गर्न भ्याउँछ है’ भन्दै मञ्च बिमुख अतिथिहरु कानेखुसी गर्दै थिए ।

हेर्ने आँखामा, अरुले हेर्नै नमिल्ने समस्या आउँछन् । रुघाखोकी ज्वरो जस्तो पनि होइन आँखाको रोग । आँखाको समस्यालाई समयमै नचिन्ने हो भने संसार देख्न गाह्रो पर्छ । संसार सबैले हेर्न पाउनुपर्छ भनेर नेपाल नेत्र ज्योति संघले पोखरामा सन् १९९३ मा हिमालय आँखा हस्पिटल स्थापना गरियो । नाफारहित संस्थाले स्थापना गरेको हस्पिटल दाता कै भरमा चलिआएको छ । त्यो बेला गण्डकी धौगागिरि र कर्णाली प्रदेशका जनताका लागि भनेर आइ केयर फाउन्डेसन, नेदल्यान्डको सहयोगमा हस्पिटल स्थापना गरिएको अस्पतालका अध्यक्ष कृष्ण गुरुङ सम्झन्छन् ।

त्यपछि पनि धेरैको सहयोग र आन्तरिक आम्दानीबाट हस्पिटल चल्दै आएको छ । हस्पिटलमा सामान्यदेखि अप्रेसनसम्मका सेवा उपलब्ध छन् । विभिन्न जिल्लाबाट दैनिक ५ सयको हाराहारीमा आँखा जाँच गर्न पुग्छन् । तीमध्ये सय जना जतिको अप्रेसन नै गर्नुपर्ने समस्या देखिने गरेको हस्पिटलका कामु चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् ।

अझ दैनिक २५ जना जतिको त आँखाको रेटिनाको सिटी स्क्यान नै गर्नुपर्ने हुन्छ । त्यसका लागि ओसिटी एन्जिओग्राफी मेसिन आवश्यक पर्छ । हस्पिटलमा पहिलादेखि नै एउटा मेसिन थियो । त्यसले काम चलिरहेको थियो तर लकडाउनको समयमै बिग्रियो । अनि सिटी स्क्यान गर्नुपर्ने भएपछि बाहिर हस्पिटलमा रिफर गर्नुपर्ने बाध्यता रहेको निर्देशक श्रेष्ठले बताइन् ।

हस्पिटलको समस्या रोटरी क्लब अफ पोखरा मिडटाउनले थाहा पायो । तत्काल रोटरी क्लब अफ पोखरा मिडटाउनले रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२, नेपाल र आकिता नर्थ रोटरी इन्टरनेसनल डिस्ट्रिक २५४० को सहयोगमा मंगलबार हिमालय आँखा हस्पिटलमा ओसिटी एन्जिओग्राफी मेसिन हस्तान्तरण ग¥यो । मेसिनको मुल्य ७८ हजार अमेरिकी डलर रहेको रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष जयमोहन भट्टराइले जानकारी दिए । मेसिन हस्तान्तरण गर्न रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२, नेपालका अध्यक्ष किरणलाल श्रेष्ठको ठूलो योगदान रहेको उनको भनाइ छ ।

मेसिन प्राप्त भइसकेपछि अब आँखाको सिटी स्क्यान गर्नका लागि बिरामीलाई बाहिर रिफर गर्नुनपर्ने श्रेष्ठले बताइन् । ‘यो मेसिनबाट सुगर, प्रेसर, आँखामा पानी जमेको, रगत जमेको, पर्दामा प्वाल परेको, जलबिन्दुका कारण नशा देखिएको सबै देखाउँछ,’ उनले भनिन्, ‘यो काम गर्दा हामीले २ हजार लिन्छौं बाहिर अलि महँगो छ, अब सबैलाई सहज हुन्छ ।’ मेसिनमा चेक गरेको ५ देखि १५ मिनेटमा रिपोर्ट आउने भएका कारण पनि यो महत्वपूर्ण मेसिन भएको उनले बताइन् ।

मंगलबार नै रोटरी क्लब अफ पोखरा मिडटाउन र हिमालय आँखा हस्पिटलका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा रोटरीले सिफारिस गरेकालाई ५० प्रतिशत छुट, बिग्रेमा अर्को खरिदका लागि निश्चित रकम छुट्याउनुपर्ने बुँदा रहेका छन् ।

मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी इन्टरनेसनल प्रेसिडेन्ट इलेक्ट शेखर मेहताले पाएको मेसिनको सदुपयोग गर्न सुझाव दिए । नेपाल जस्तो देशमा कम्तीमा २ सयको बीचमा एउटा आँखा हस्पिटल बनाउनसके राम्रो हुने उनले बताए । आँखा जाँच केन्द्र भने ठाँउ ठाँउमा बनाउनु आवश्यक रहेको उनको भनाइ थियो । १० वर्षको अन्तरमा २० वटा जति आँखा हस्पिटल बनाउन सकेमा दृष्टिविहीनरहित बनाउन सकिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width