चट्याङ लागेर लमजुङमा १ विद्यार्थीको मृत्यु, १० घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
chattang2019-05-28

पोखरा । चट्याङ लागेर लमजुङमा १ विद्यार्थीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो लमजुङ क्वहोलासोथार गाँउपालिका– ४ स्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा चट्याङ पर्दा ९ विद्यार्थी र २ शिक्षिका घाइते भएका थिए ।

घाइते २ जनालाइ तत्कालै हेलिकोप्टरबाट मनिपाल मेडिकल कलेज ल्याउँदै गर्दा १ जनाको मृत्यु भएको हो ।

क्वहोलासोथार गाउँपालिका– ४ भुजुङका १८ वर्षे विनोद विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घाइते छबिन्द्र गुरुङको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width