Motorcycle education school training
बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिनुभयो ।
नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताउनुभयो । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३० महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालीम दिएको थियो ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१