लेउवा संघको राहत

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
lcci help

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको राहतकोषबाट पोखरा २७ का स्वर्गीय शेखबहादुर जिसीको परिवारलाई सहयोग गरेको छ । संघले व्यवसायी सदस्यको हितका लागि राहतकोष स्थापना गरेको हो । संघले व्यवसायी सदस्यकै मृृत्यु भएकामा ५० हजार र व्यवसायी सदस्यका नजिकका आफन्तको मृत्यु भएमा राहत स्वरुप ५ हजार प्रदान गर्दै आएको छ ।

जि सी टे«डर्सका सञ्चालक जिसीको गत चैत २३ गते भ्रमणका क्रममा अचानक ह्दयघात भई स्वर्गद्वारीमा असामायिक निधन भएको थियो । स्वर्गीय जिसी परिवारमा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष बाबुराम गिरी र लक्ष्मीप्रसाद त्रिपाठी लगायतको टोलीले पूर्व स्वास्थ्यमन्त्री तथा संघीय सांसद खगराज अधिकारीका हातबाट शेखरकी छोरी प्रिया जिसीलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो ।

यसअघि निधन भएका संघका ३ जना सदस्यका परिवारलाई राहत उपलब्ध गराइसकेको छ । स्वर्गीय जिसीका श्रीमती कृष्णकुमारी जिसी, छोरा प्रशान्त जिसी, प्रकाश जिसी र छोरी प्रिया जिसी रछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width