लेखनाथ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले राज्य निर्माणको अभियानमा निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण भएकाले निजी क्षेत्र राज्यको अभिन्न अंग भएको बताउनु भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले सोमबार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रजिअ गौतमले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएकाले कानुनको परिधिभित्र रहेर व्यापार व्यवसाय गर्नसमेत उनले आग्रह गरे ।
उनले भने,‘लगानीको वातावरण सिर्जना गर्ने काम राज्यको हो त्यसमा शान्ति सुरक्षा अपरिहार्य भएकाले ढुक्क भएर व्यवसाय गर्नोस् त्यसमा सरकारको सहयोग रहने छ ।’
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले विकास निर्माणको क्षेत्रमा खेलेको भूमिका र यस क्षेत्रमा देखिएका समस्यबारे जानकारी गराएका थिए ।
संघका पूर्व अध्यक्ष बाबुराम गिरीले विकास निर्माणमा प्रशासनको भूमिकाबारे चर्चा गरे । संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले निजी क्षेत्र र सरकारका बीचमा सहकार्य हुनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव गोपिचन्द्र बास्तोला र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
वैशाख ४, २०७८एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८