नागरिकता लिएर सिडिओ घरमै

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
Nagarikata 1

लमजुङ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा नागरिकता बोकेर घरमै आएपछि कृष्ण सार्की दंग परे । नागरिकताबाट वञ्चित उनी जिल्लाका प्रमुख नै आफ्नो नागरिकता लिएर आएपछि खुसीले गद्गद् बनिन् ।

मध्यनेपाल–२ निवासी उनी शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकामसम्म पुग्न नसकेको हुँदा ती वृद्धलाई नागरिकता दिलाउन प्रजिअ शर्मा सहितको टोली घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता हस्तान्तरण गरेको हो ।
सोही वडाका अध्यक्ष पदमबहादुर थापाको नागरिकताका लागि सिफारिस दिएका थिए । नागरिकता नहुँदा सार्की सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएका थिए ।

यसअघि २०४४ सालमा नागरिकता लिएका उनको सक्कली नागरिकता हराएको बताइएको छ । लामो समयसम्म नागरिकताविहीन भएपछि उनलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइएको प्रजिअ शर्माले बताए । उनका अनुसार यसअघि सार्कीको नागरिकता प्रमाणपत्र नम्बर २२०७ थियो । सोही आधारमा प्रतिलिपि उपलब्ध गराइएको हो ।

नागरिकताको प्रतिलिपि पाएपछि अब सामाजिक सुरक्षा भत्ता पाउने भए भन्दै सार्कीले खुसी व्यक्त गरेका छिन् ।

शारीरिक अपांगताका र आर्थिक अभाव कारण सदरमुकाम धाउन नसक्दा घरमै आएर नागरिकता दिएकोमा उनले प्रजिअ शर्मासहितको टोलीलाई धन्यवाद दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width