मार्बल बोक्ने ट्रकमा आगजनी

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७७
fire on truck (2)

दमौली । तनहुँमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएर आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गमा अन्तर्गत व्यास नगरपालिका–१२, कमलबारीमा मार्बल बोकेर आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बर प्लेटको ट्रक दुर्घटना हुदाँ आगलागी भएको हो ।

दुर्घटनामा चालक भारत उत्तरप्रदेश निवासी ४१ वर्षीय अशोककुमार राजपूत र सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय हरेन्द्र सिंह घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

गुडिरहेको ट्रक अनियन्त्रित भएर सडकछेउमा पल्टिदा आगलागी भएको थियो । व्यास नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width