हेमजा । हेमजा सञ्चार सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा भएको छ ।
साधारणसभा उद्घाटन गर्दै संविधान सभा सदस्य शारदा पौडेलले सञ्चार क्षेत्रले समृद्घ समाज निर्माणमा सघाउ पु¥याउने बताइन् । सञ्चार संस्थाको लगानीमा पैसाको हिसाब गर्न नहुने तर्क गर्दै उनले त्यस्ता संस्थाको प्रतिफल सुसंस्कृत समाज हो भनिन् ।
उनले रेडियो हेमजा सो क्षेत्रको मात्रै नभई समग्र कास्की क्षेत्र ३ कै गहनाका रुपमा रहेको स्पष्ट पारिन्। रेडियोको प्रभावकारिता थप बढाउन सम्पूर्ण शेयर सदस्यलाई अभिभुखीकरण तालिम दिनुपर्ने उनको जोड छ ।
सहकारीका संस्थापक अध्यक्ष अरुणस्तोम त्रिपाठीले आफूहरुले रेडियो स्थापनामा पहल गरे पनि यो समुदायको भएको बताए । उनले संस्था मजबुद बनाउन सञ्चालक समिति र कर्मचारीबीच तालमेल मिल्नुपर्ने पनि जनाए।
सो अवसरमा संस्थाका उपाध्यक्ष अर्जुन पौडेल, संस्थापक सचिव केशवशरण पौडेल, संस्थापक कोषाध्यक्ष कृष्णप्रसाद त्रिपाठी, सल्लाहकार कोविदशरण उपाध्याय, शेयर सदस्य माधवशरण पौडेल र मोतिराज तिमिल्सिना, सदस्य आरती अधिकारी लगायतले रेडियोले अन्नपूर्ण, माछापुच्छे« गाउँपालिका तथा पोखरालाई पनि समेट्नुपर्ने औल्याए।
संस्थाका अध्यक्ष मीनराज तिमिल्सिनाले सरोकारवालासँग सहकार्य गरी रेडियो सञ्चालनको प्रयत्न जारी राखिएको स्पष्ट पारे।
कार्यक्रममा संस्थाका सचिव नारायण बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु बास्तोलाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भरतराज अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हेमजा सहकारी संस्था मार्फत रेडियो हेमजा सञ्चालित छ ।
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
लाङ्दी तमु समाजमा बालकृष्ण
अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र
पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय
पत्रकार महासंघ कास्की निर्वाचनको पूर्ण विवरण
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७