Worldlink ads

विकासे मल छ्यालब्याल

सविन लामिछाने
चैत्र २, २०७७
mal news damauli

दमौलीको गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ ।

दमौली । यो वर्ष धानको सिजनमा मलको हाहाकार भयो । झन्डै १० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने तनहुँमा उत्तिकै मात्रामा मलको आवश्यकता पर्छ । जसमा २ हजार ४ सय २९ मेट्रिक टन युरिया, १ हजार ३ सय १६ मेट्रिक टन डिएपी र ६ सय ८९ मेट्रिक टन पोटास मल चाहिन्छ ।

अन्य जिल्लामा जस्तै तनहँुका किसानले पनि यसपालि धानको सिजनमा रासायनिक मल नपाउँदा निरास बने । मागको करिब ३० प्रतिशत मात्रै मल बडो मुस्किलले पाएका थिए उनीहरुले । सिजनमा कृषि सामग्री कम्पनीका गोदाम खाली भए । त्यहीँ खाली गोदाम हेरेर किसान निरास भएर फर्किन्थे ।

तर, अहिले कृषि सामग्री कम्पनीका कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान पनि निक्कै उत्साहित र मख्ख छन् । प्रायः सधैं खाली हुने गोदाम रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले कम्पनीको गोदाममा करिब ४ सय मेट्रिक टन रासायनिक स्टक छ ।

मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागे जति रासायनिक मल दिइरहेको दमौलीस्थित रहेको कृषि सामग्री कम्पनीका प्रमुख बलबहादुर पन्थले बताए ।

पछिल्ला समय किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोस्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको पाइन्छ । मल अभाव कारण कृषि उपजको उत्पादन समेत प्रभावित हुँदै आएको छ ।

अहिलेका किसानलाई हिउँदे मकैका लागि मल आवश्यक रहेको छ । धान लगायत मल आवश्यक पर्ने सिजनमा मलको हाहाकार भए पनि पछिल्ला दिन युरिया र डिएपी मल पर्याप्त मात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागे अनुसार नै मल वितरण गरिरहेको उनले बताए । मौज्दात मल आगामी वर्षको धानको सिजनमा वितरण गर्ने तयारी कम्पनीको छ ।

Related News

सम्बन्धित समाचार

    • विपन्न परिवारलाई मौरीसहितको घार वितरण

      रासस मंसिर १३, २०७८
      दमौली । तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई…
    • बाली स्वास्थ्यसम्बन्धी प्रशिक्षण

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      हेमजा । आइडिई नेपाल, क्याबी प्रालान्ट वाइज, कृषि ज्ञान केन्द्र कास्कीको सहयोग तथा ढिकुरपोखरी सामुदायिक विकास संघ (डिसिडिओ) को आयोजनामा…
    • स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

      रासस मंसिर ११, २०७८
      वालिङ । स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।…
    • पिँडालु खेतीबाट घर खर्च

      आदर्श समाज सम्वाददाता मंसिर १०, २०७८
      कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने जुकेपानीका महिला पिँडालु खेतीतर्फ आकर्षित भएका छन् । अन्य खेतीभन्दा पिँडालु…
    • गाेरखामा नमूना ग्रीन हाउस निर्माण

      आदर्श समाज सम्वाददाता मंसिर ७, २०७८
      गोरखा।  कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने…

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग