गुल्मेली समाजमा भानुभक्त

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
gulmeli~bbc

पोखरा, १ चैत । गुल्मेली समाज पोखराको अध्यक्षमा भानुभक्त भण्डारी (क्षितिज) चयन भएका छन् । समाजको अधिवेशनबाट उपाध्यक्षमा नारायणप्रसाद न्यौपाने र कमलप्रसाद न्यौपाने, सचिव रुक्माङ्गत पोखरेल ‘विष्णु’, कोषाध्यक्ष कृष्ण ज्ञवाली, सहसचिव विक्रम केसी र सहकोषाध्यक्ष चेतबहादुर घर्ती चयन भए।

सदस्यमा प्रकाश ज्ञवाली, लक्ष्मी पोखरेल, रेखा भण्डारी, प्रकाश पुन, विष्णु विक, सृजना कँडेल, विष्णु पाण्डे, संगीता ढकाल, हेमनाथ ज्ञवाली ‘हिमाल’, अमृता रेग्मी र हुमाकान्त पौडेल छन्।

सो अवसरमा पोखरा प्राज्ञ प्रतिष्ठान सदस्य मनोनीत भएकोमा प्रकाश ज्ञवालीलाई बधाईसहित सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष नेत्रलाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईन्दु घिमिरे, गण्डकी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) घनश्याम अर्याल लगायतले समाजको आवश्यकता र औचित्यबारे बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads