लामा पोसाकमा अवैध धन्दा, पाेखराबाट ५ पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
Pakrau Photo

पोखरा । कास्की बाहिरबाट आएका केही युवाले चन्दा असुली ग¥यो भन्ने सूचना आयो जिल्ला प्रहरी कार्यालय कास्कीमा । त्यसपछि प्रहरी टोली अनुसन्धानमा खटियो तर प्रमाण जुट्न सकेन । उनीहरुको गतिविधि त्यसपछि केही सुस्तायो । त्यो बेला प्रमाण नजुटेपछि प्रहरीले त्यो केस पछि हेर्नेगरी छोड्यो ।

फेरि पनि सोही खालको उजुरी प¥यो फागुन २९ मा । जिल्ला प्रहरीको टोली फेरि अनुसन्धानमा जुट्यो । टोली रामबजार हुँदै बगर पुग्यो । रामबजारबाट रसिदमार्फत् पैसा उठाउँदै हिँडेका उनीहरुलाई प्रहरी टोलीले पोखरा महानगरपालिका १ नयाँगाउँ मितेरी टोलबाट ५ जनालाई नियन्त्रणमा लियो ।

सबैले लामा पोसाक लगाएका थिए । उनीहरुको साथमा थियो, टाशी छोग्याल गुम्बा गजुरा न.पा. २ कटानी रौतहटको १२ थान रसिद, केही रजिस्टर र फोटाहरु । प्रहरीलाई त्यो रसिदमै शंका लाग्यो । प्रहरीले रौटहटमा रहेको सोही गुम्बाका गुरुलाई फोन गरेर बुझ्यो । गुरुबाट कोही पनि सहयोगका लागि कतै नगएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही अगाडि बढाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला बकैयाँ १ घर भई पोखरा ९ बस्ने ६० वर्षका धनबहादुर लामा, ३७ वर्षका छिरिङ भनिने निमा तामाङ, ३५ वर्षका पदमबहादुर लामा, २६ वर्षका विजय लामा र ३५ वर्षका जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरुको साथबाट नगद ४२ हजार ४ सय ९१ रुपैयाँसहित विभिन्न कम्पनीका ६ वटा मोबाइल नियन्त्रणमा लिएको प्रवक्ता हमालले बताए ।

‘उनीहरुले अरु अरु जिल्ला पनि यस्तै शंकास्पद गतिविधि गरेको उजुरी परेको छ,’ हमालले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं ।’ उनीहरु पोखरा, मकवानपुर, रौतहट लगायत अन्य जिल्लाहरु घुमिरहने जानकारीमा आएको उनले बताए । उनीहरुलाई ठगीसम्बन्धी कसूरअन्तर्गत जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width