लमजुङमा युनाइटेड क्लबको निशुल्क शिविर

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
united club health camp news (2)

पोखरा । युनाइटेड क्लब पोखराले लमजुङको बेंसीसहर ४ पुरानोकोट गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थापनाकालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको क्लबले शिविर सञ्चालन गरेको हो ।

पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर, नरहरि पोलिक्लिनिक र पोखरा होराइजन डेन्टल क्लिनिकको प्राविधिक सहयोग र एरो फर्मास्टिकल र एपेक्स फर्मास्टिकलको सहयोगमा शिविर सञ्चालन गरिएको क्लबले जनाएको छ । शिविरमा ५ सय १५ जनाले स्वास्थ्य जाँच गराएका थिए । तीमध्य १ सय ४० जनाको भिडियो एक्सरे, ७० जनाको इसिजी र ५३ जनाको पिसाब तथा रगत परीक्षण गराएका थिए भने २ सयभन्दा बढीलाई औषधी वितरण गरिएको थियो ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको शिविरमा बेंसीसहर नगरपालिका ४ का अध्यक्ष लालवीर गुरुङ, पुरानोकोट सामुदायिक होमस्टेका अध्यक्ष कन्याकाशी गुरुङ, बेेंसीसहर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलबहादुर गुरुङ, युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, सूर्योदय तमु युवा क्लबका अध्यक्ष खुमराज गुरुङ लगायतले बोलेका थिए । क्लबका महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य उपसमिति संयोजक तथा कार्यक्रम संयोजक युनाइटेड क्लबका कार्यसमिति सदस्य जयराम आचार्यले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width