थोक व्यवसायी संघमा लेखनाथ

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७७
whole sale

पोखरा  । थोक व्यवसायी संघ, कास्कीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले लेखनाथ सुवेदीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत् चयन गरेको छ ।

संघ प्रथम उपाध्यक्षमा टीकाराम सुवेदी, द्वितीय उपाध्यक्ष निरोजनारायण जोशी, महासचिव लेखनाथ पौडेल, सचिव श्यामबहादुर कँुवर र कोषाध्यक्ष उषा तिम्सिना चयन भएका छन् ।

कार्यसमिति सदस्यमा युवराज रेग्मी, रामबहादुर थापा, डोलराज पोखरेल र अर्जुन अधिकारी रहेको निर्वाचन संयोजक मीनराज काफ्लेले जानकारी दिए ।

साधारण सभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले थोक व्यवसायीले पोखराको बजार प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको उल्लेख गरे ।

थोक व्यवसायीले सामान थोकमा खरिद नगर्ने हो भने खुद्रा रुपमा व्यापार गर्नेलाई समस्या पर्ने उनको धारणा थियो । थोक व्यवसायीहरुको अनेकन समस्या रहेको जनाउदै समाधानका लागि आफू लागिपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यवसायीको समस्या समाधानका लागि महासंघका कुरा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले थोक व्यवसायीको महत्वबारे बोलेका थिए । पोखराका पसल थोक व्यवसायीको देनले चलेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष प्रकाशदेव पालिखे, सल्लाहकार मीनराज काफ्ले, तुलबहादुर थापा, पोखरा उद्योग वाणिज्य संघका सहसचिव केशवबहादुर खत्रीले मञ्चको आगामी यात्राको सफलताको लागि शुभकामना दिएका थिए ।

संघका अध्यक्ष टामलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रसाद सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width