खास्टेताल महोत्सव हुने

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
khasta naurani tall (1)

लेखनाथ। ‘खास्टे न्यूरेनी जाऔं, तालमा रमाऔं’ नाराका साथ प्रथम खास्टे ताल महोत्सव हुने भएको छ ।

खास्टे तथा न्यूरेनी ताल संरक्षण समितिको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सहकार्यमा चैत १२ देखि २२ सम्म महोत्सव हुने भएको हो ।

कोभिड–१९ प्रभावका कारण मेला महोत्सव नभएको बेलामा लेखनाथ महोत्सवकै झल्को मेटाउने गरी खास्टे तथा न्यूरेनीताल किनारको खरानेफाँटमा महोत्सव तयारी गरिएको आयोजकले जनाएको छ ।

महोत्सव सफल पार्न विभिन्न ३२ उपसमिति सहित संरक्षण समिति अध्यक्ष हरिप्रसाद अधिकारीको संयोजकत्वमा १ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिमा ताल संरक्षण समितिसँग आवद्ध ७ सय ३२ आजीवन सदस्य र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि छन् ।

तालको संरक्षण गर्दै आयआर्जनका लागि माछापालन समेत गरिँदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचारप्रसारमा सहयोग पुग्ने गरि महोत्सव आयोजना गर्न लागिएको समिति अध्यक्ष अधिकारीले बताए ।

शनिबारको भेलामा पोखरा २६ का वडा अध्यक्ष नारायणप्रसाद बराल, वडा २८ का वडा अध्यक्ष निर्मल दियाली र २९ का वडा अध्यक्ष चेतबहादुर गुरूङले महोत्सव आफ्नै चाडवाड सम्झेर सहयोग गर्न सम्पूर्णमा आग्रह गरे ।

महोत्सवमा कलाकार प्रस्तुति, माछा तथा कृषि प्रदर्शनी लगायत विविध कार्यक्रम हुने ताल संरक्षण समिति सचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width