पोखरा । आई वोस मिया सान मिया, काठमाडौंले भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चौथो रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइखलक भेट्रान्स एट–ए–साइड प्रतियोगिताको शनिबार फाइनलमा साविक विजेता टि वर्गर ललितपुरलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
पुरस्कार स्वरुप उसले रनिङ सिल्ड, १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको १६ औं मिनेटमा मिया सान मियातर्फबाट नवीन पाण्डेले पहिलो गोल गर्दै खाता खोलेका थिए । निर्धारित २५–२५ मिनेटको खेलमा नवीन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोस्रो गोल गरे । म्यान अफ दि म्याच न्यौपानेले नै ३४ औं मिनेटमा अर्को गोल गर्दै जीत सुनिश्चित गरे ।
टि वर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्वुले गोल फर्काए पनि जीतका लागि पर्याप्त हुन सकेन । दोस्रो हाफको अतिरिक्त समयमा नवीन पाण्डेले थप गोल गरेका थिए ।
टि वर्गरका नरेन्द्र लिम्वु उत्कृष्ट खेलाडी हुँदै १० हजार पुरस्कार प्राप्त गरेका छन् । यस्तै, मिया सानबाटै उत्कृष्ट मिडफिल्डर राजेश खड्की, गोलरक्षक सञ्जीव खड्की, उत्कृष्ट फरवार्ड नवीन न्यौपाने, उत्कृष्ट डिफेन्डरमा टि वर्गरका नरेश थापा भए । उनीहरुले जनही ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
विजेतालाई सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, संस्थाका अध्यक्ष दिलबहादुर गुरङ, तमु धिं युके अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेज गुरुङ, सहारा युकेका महासचिव धनु पुरन थकाली, गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका महासचिव याम गुरुङ, भूपू खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाट, संस्थाका प्रमुख सल्लाहकार दिनेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैबीच, उपाधि विजेता र उपविजेताले आफूहरुले प्राप्त गरेको नगद कल्याणकारी कामको लागि हस्तान्तरण गरेका छन् । मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेकी क्यान्सर पीडित आमाको उपचारका लागि हस्तान्तरण गरेको छ । टिमका कप्तान समेत रहेका नवीन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
उपविजेता टोली टि वर्गरले पोखरामा महिला र बालबालिकाको क्षेत्रमा कार्यरत सञ्जीवनी समूहलाई हस्तान्तरण गरेको छ ।
Related News
सम्बन्धित समाचार
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
सांसद पद खोसिएका ४ मन्त्रीको आज फेरि शपथ
विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
पत्रकार महासंघ कास्कीको २५० मतसम्मको नतिजा
hero news full width
मुख्य समाचार
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७आहाराराले पाउनेछ नयाँ विजेता
चैत्र २८, २०७७