पोखरामा भित्रिए टाटाका नयाँ मोडलका गाडी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
tata

पोखरा । टाटा मोटर्सका नयाँ मोडलका ५ वटा गाडी पोखरामा सार्वजनिक भएका छन् । टाटाको पोखरा क्षेत्रका लागि बिक्रेता दीप मोटर्सले नयाँ मोडलका गाडी सार्वजनिक गरेको हो ।
सिप्रदीका जनरल म्यानेजर प्रभाकर मुनाकर्मी, सिप्रदी अस्ह्युर्ड प्रालिका डिजिएम ध्रुव रेग्मी, दीप मोटर्सका निर्देशक राजेन्द्र बाटाजु र दीप मोटर्सका प्रबन्ध निर्देशक तेजराज बास्तोलाले शुक्रबार नयाँ गाडी सार्वजनिक गरेका हुन् । शक्तिशाली बिएस सिक्स इन्जिन, इम्प्याक्ट २ अन्तर्गत आकर्षक डिजाइनमा यी गाडी निर्मित छन् ।

विश्वसनीय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ ५ नयाँ मोडलका गाडी पोखरा तथा आसपासका क्षेत्रमा लोकप्रिय हुने विश्वास लिइएको छ । टाटा नेक्सन जसले हालैमात्र ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेका छन् ।

यी गाडी बिएस सिक्स प्रविधियुक्त छन् । बदलिंदो समयको माग अनुसार डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अगाडि रहेको दीप मोटर्सका प्रबन्ध निर्देशक तेजराज बास्तोलाले बताए । नयाँ मोडलका ती गाडीको मूल्य २८ लाख रुपैयाँदेखि ८९ लाख ९० हजार रुपैयाँसम्म छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा बुधबार यी गाडी सार्वजनिक गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width