पोखरामा भित्रिए टाटाका नयाँ मोडलका गाडी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
tata

पोखरा । टाटा मोटर्सका नयाँ मोडलका ५ वटा गाडी पोखरामा सार्वजनिक भएका छन् । टाटाको पोखरा क्षेत्रका लागि बिक्रेता दीप मोटर्सले नयाँ मोडलका गाडी सार्वजनिक गरेको हो ।
सिप्रदीका जनरल म्यानेजर प्रभाकर मुनाकर्मी, सिप्रदी अस्ह्युर्ड प्रालिका डिजिएम ध्रुव रेग्मी, दीप मोटर्सका निर्देशक राजेन्द्र बाटाजु र दीप मोटर्सका प्रबन्ध निर्देशक तेजराज बास्तोलाले शुक्रबार नयाँ गाडी सार्वजनिक गरेका हुन् । शक्तिशाली बिएस सिक्स इन्जिन, इम्प्याक्ट २ अन्तर्गत आकर्षक डिजाइनमा यी गाडी निर्मित छन् ।

विश्वसनीय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ ५ नयाँ मोडलका गाडी पोखरा तथा आसपासका क्षेत्रमा लोकप्रिय हुने विश्वास लिइएको छ । टाटा नेक्सन जसले हालैमात्र ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोबल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेका छन् ।

यी गाडी बिएस सिक्स प्रविधियुक्त छन् । बदलिंदो समयको माग अनुसार डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अगाडि रहेको दीप मोटर्सका प्रबन्ध निर्देशक तेजराज बास्तोलाले बताए । नयाँ मोडलका ती गाडीको मूल्य २८ लाख रुपैयाँदेखि ८९ लाख ९० हजार रुपैयाँसम्म छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा बुधबार यी गाडी सार्वजनिक गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width