बगर भाइखलक भेट्रान्स उपाधि कसलाई ?

Avatar आदर्श समाज सम्वाददाता
फागुन २९, २०७७
bagar

पोखरा  । बगर भाइ खलक एट ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा टि बर्गर ललितपुर र आइ बोस मिसा सान मिया भिड्ने भएका छन् ।

शुक्रबार पहिलो सेमिफाइनलमा टि बर्गर ललितपुर भेट्रान्सले नवलपरासी भेट्रान्सलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफमा कृष्ण मालाकार र भूपेन लिम्बुले गोल गर्दै टिमलाई २–० को गोलले अगाडि रहेको थियो । दोस्रो हाफमा नवलपरासीका हिराबहादुर गुरुङ र दीपकबहादुर थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलमा ललितपुरका गोलरक्षक सञ्जय ठाकुर म्यान अफ दी म्याच भए ।

यस्तै, दोस्रो सेमिफाइनलमा आइ बोस मिया सान मियाले मनाङ मस्र्याङ्दी भेट्रान्सलाई पराजित गर्दै उपाधि नजिक पुग्यो । निर्धारित समयको खेल गोल रहित बराबरी भएपछि टाइब्रेकरमा २–१ गोल अन्तरले हराउँदै उसले फाइनलमा टी बर्गरसँगको भेट पक्का गरेको हो । खेलमा सञ्जीव खड्गी म्यान अफ दी म्याच घोषित भए । फाइनल शनिबार हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिए ।

उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख र उपविजेताले नगद ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित १० हजार तथा उत्कृष्ट गोल किपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई ट्रफी सहित जनही ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।…
    • आहारारा गोल्ड कप संकटालाई

      Bijay Nepal विजय नेपाल चैत्र २८, २०७७
      पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली…
    • आहाराराले पाउनेछ नयाँ विजेता

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ चैत्र २८, २०७७
      पोखरा । आहारारा गोल्डकपको २ दशकको श्रृंखलामा शनिबार नयाँ टिम विजेता हुँदैछ । सधैँजसो मनाङ मस्र्याङ्दी, पुलिस, थ्रिस्टार लगायत टिम…
    • अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करणको आहा–रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई…
    • बायर्न विरुद्ध पिएसजीको जित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      पोखरा । पीएसजीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ । पिएसजीका…

    hero news full width

    sanil ads

    wordlink ads