पोखरा । पोखरामा शुक्रबार आयोजित एक समारोहका वक्ताले स्वतन्त्र पत्रकारिता कठोर तपस्या भएको धारणा राखेका छन् । स्वतन्त्र पत्रकार संघ कास्की शाखाको आठौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन उद्घाटन समारोहका वक्ताले उक्त धारणा व्यक्त गरेका हुन् ।
सभा उद्घाटन गर्दै प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले भने, ‘स्वतन्त्र पत्रकारिता नै समाजको ऐना हो’ ।
संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कठिन परिस्थितिमा पनि सतिसाल झैं अडिग भएर पत्रकारिताको स्वाभिमान बचाउन स्वतन्त्र पत्रकार संघर्षरत रहेको बताए । संघका सल्लाहकार नारायण कार्कीले स्वतन्त्र पत्रकारिता असहज बीचको सुगन्ध भएको धारणा राखे ।
सभामा संघका निवर्तमान अध्यक्ष कृष्ण थापा, संघका पूर्व राष्ट्रिय उपाध्यक्ष उदयबहादुर अमात्य, केशवराज भण्डारी, कल्याण पन्त, नारी पत्रकारिता पुरस्कारबाट सम्मानित प्रतिभा ईश्वरी पौडेल, कास्की शाखाका उपाध्यक्ष तिलक थापा लगायतले संघको गरिमा बढाउन समय सान्दर्भिक गतिविधि गर्नुपर्नेमा जोड दिए ।
सभाले कोषाध्यक्ष ओम उपाध्यायको आर्थिक प्रतिवेदन र सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
संघ अध्यक्षमा गौतम
अधिवेशनले पुनः असफल गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आदर्श समाजकर्मी गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरिएको हो । समिति उपाध्यक्षमा सुरेशराज अधिकारी, सचिव गंगासागर उपाध्याय, कोषाध्यक्ष ओम उपाध्याय, सहसचिव डिआर काफ्ले तथा सदस्यमा राधा ढकाल, उषा सिग्देल, सुकु हिराचन र डिल्लीराम कार्की छन् ।
अधिवेशनले प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, उमाकान्त शर्मा, तीलकमान गुभाजु, कृष्णप्रसाद बास्तोला, उदयबहादुर अमात्य, केशवराज भण्डारी, दिलीप राई, यज्ञप्रसाद बास्तोला, विष्णुप्रसाद श्रेष्ठ, महेश्वर पाण्डे, शान्ति राणा, प्रेम नेपाली, सूर्यप्रसाद ढकाल, कृष्णबहादुर थापा, दुर्गाप्रसाद पौडेल, कल्याण पन्त, विश्वलाल श्रेष्ठ, भरतप्रसाद तिवारी, तीलक थापा, लक्ष्मी गुरुङ पार्षद्मा निर्वाचित गरेको छ ।
अधिवक्ता शिवप्रसाद गौतमको संयोजकत्वमा सञ्चारकर्मी दिलीप राई र अधिवक्ता दिनेश बस्नेत सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन गरेको हो । नवनिर्वाचित पदाधिकारीलाई संघका केन्द्रीय सल्लाहकार नारायण कार्की तथा निर्वाचन संयोजक अधिवक्ता गौतमले टीका र खादा लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८