अनलाइन पत्रकार संघ गण्डकीमा कमल

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७७
online

पोखरा । अनलाइन पत्रकार संघ गण्डकी अध्यक्षमा कमल सुवेदी चयन भएका छन् ।

संघको शुक्रबार पोखरामा भएको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा सर्वसम्मत् चयन भएका हुन् । उनी गन्थन डटकमका प्रबन्ध निर्देशक हुन् ।

संघको उपाध्यक्षमा सरिता तिमिल्सिना पगेनी, सचिव सन्तोष बस्याल र कोषाध्यक्ष अनिता घिमिरे चयन भएका छन् । त्यस्तै सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा सदस्य चयन भए ।

अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । कार्यकाल २ वर्षको हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width