गैंडाकोटमा सुरु भयो फाइनप्रिन्ट फिभर

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७७
Fineprint Fever Press Release1st Day (5)

गैैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फाइनप्रिन्ट फिभर सुरु भएको छ । शुक्रबार सुरु भएको फिभरको पहिलो दिन ५ वटा सत्र सञ्चालन भए ।

पहिलो सत्र थियो, ‘किताब मेरो मनको साथी’ । यो सत्रमा महानायक राजेश हमालले पुस्तकबारेका आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गरे । सर्वसाधारणमाझ अध्ययनशील अभिनेताका रूपमा चिनिएका उनले फिभरका अवसरमा किताब पढ्ने बानी आफूमा कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाए ।

यसैगरी अर्काे सत्र रह्यो, ‘अर्थनीति र राजनीति’ । यो सत्रमा उद्यमी विनोद चौधरीसँग उमेश चौहानले संवाद गरे । यो सत्रमा उद्यमी चौधरीले आफूले जीवनमा गरिरहेको राजनीति र आर्थिक समृद्धिका लागि गरिरहेका कामबारे चर्चा गरे ।

उक्त अवसरमा उद्योगी चौधरीले आफू समाज परिवर्तनमा योगदान पु¥याउनका लागि राजनीतिमा होमिएको बताए । आफू व्यवस्थापकीय पाटोमा अब्बल भएको र त्यही आवश्यकता आजको राजनीतिमा देखेर आफू राजनीतितर्फ आकर्षित भएको उनको भनाइ छ । भने, ‘मैले उद्योगीका हैसियत शाश्वतधाम बनाएँ । उद्योगग्राम बनाएँ तर कल्पिएको नेपाल बनाउन सकिनँ । अब गर्नुपर्छ भनेर राजनीतिमा लागेको हुँ ।’ निजी संस्थामार्फत समाज परिवर्तनमा योगदान पु¥याउन नसक्ने भएकै कारण राजनीतिक बाटो अपनाएको उनको दाबी छ ।

स्रोत र अर्थ व्यवस्थापनमा कुशल मानिस राजनीतिमा लागे विकास सम्भव भएको चौधरीले बताए । उद्योगी, उपभोक्ता एवम् राजनीतिज्ञ भएर हेर्दा देश विकास धेरै गाह्रो काम नभएको उनको कथन छ । नीतिगत सुधार र त्यसको व्यवहारिक कार्यान्वयन गर्न सके देशमा हरेक मानिस व्यवसायी बन्न सक्ने उनको भनाइ छ । भने, ‘सबैले चाउचाउ उत्पादन गर्नुपर्छ भन्ने होइन तर सानो लगानीमा राम्रो काम गर्न सकिन्छ ।’

यसपछिको सत्र ‘सेतो धरतीको एक दशक’मा लेखक अमर न्यौपानेले बोले । यो सत्रमा लेखक न्यौपानेले सेतो धरती पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया आयो, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पा¥यो भन्ने विषयमा पनि उनले आफ्ना धारणा राखे । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करणको लोकार्पणसमेत गरियो । लेखक न्यौपानेले पुस्तकको रचना सन्दर्भको प्रसंग कोट्याए । ‘२०६७ कोजाग्रत पूर्णिमाको दिन पानीको घामले पद्मश्री पुरस्कार पाएको थियो । त्यो दिन देवघाटमा घुम्न जाँदा मनमा प्रश्न आयो, बालबालिकाको ठूलो हुने समय हुन्छ, युवालाई अगाडि बढ्ने योजना हुन्छ । बूढाबूढीको के हुन्छ ? मलाई लाग्यो, मैले यो प्रश्नको उत्तर लेख्नुपर्छ ।’ अमरलाई आफूलाई युवा हुँदैहुँदै बुढ्यौँली जीवन बिताउन मन लाग्यो र उनले वृद्धाश्रम घुम्न थाले ।

‘लामो समय देवघाट अनि पशुपतिको वृद्धाश्रम घुमें, त्यही क्रममा धेरै धेरै घटना भए, जसले मलाई यसलाई कथा होइन, उपन्यास नै लेख्न प्रेरित ग¥यो,’ उनले भने, ‘एक जना आमालाई मैले पछ्याए, उहाँलाई कोही भेट्न आउँछन् त भनेर सोधें । उहाँले उत्तर दिनुभयो— बाटो बिर्सेको भए पो सोध्दै आउँथे, बाटो चिनेका त किन आउँथे ।’ गाउँ वृद्ध आश्रम भएको छ । किताबले भन्दा जीवनले धेरै बोल्छ । धेरै घटनाले मलाई पुस्तक लेख्न प्रेरणा दिएको छ ।’

पुस्तकको सार्वजनिक कार्यक्रममा उनले सेतो धरती अंग्रेजीमा प्रकाशन हुन लागेको बताए । यस पुस्तकलाई लेखक निरञ्जन कुँवरले अनुवाद गरेका छन् ।

यससँगै फिभरका अवसरमा अर्काे सत्र रह्यो, ‘कविताको क’ । यो सत्रमा कवि असीम सागरको विभिन्न कविता वाचन गरे । साथै कविता लेखनका सन्दर्भबारे पनि आफ्ना धारणा राखे । फिभरको अन्तिम सत्र थियो, सांगीतिक प्रस्तुतिको । यो सत्रमा अनिल शाही र उनको समूहले नेपालको मौलिक सांगीतिक कला प्रस्तुत गरे ।

फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति छ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन भइरहेका छन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गरेका छन् नै, सँगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गरिरहेका छन् ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम जारी छन्, विशेष छुटमा पुस्तक प्रदर्शनी भइरहेको छ । र अन्य रचनात्मक कार्यक्रम पनि भइरहेका छन् । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा भइरहेकको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्छैन । कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको छ । निःशुल्क सटल बस बिहान १० बजेदेखि प्रत्येक एकएक घण्टामा सिजी ल्यान्डमार्क र कावासोतीबाट छुटिरहेका छन् ।

कहाँ हुँदै छ कार्यक्रम ?
चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ । थारु डबली, थारु बार आदि यहाँ छन् । यहाँ थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालकै विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ ।

कला (हस्तकला र साहित्य)को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ । कला र साहित्यको प्रवद्र्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।

यही कल्चरल भिलेजको औपचारिक उद्घाटन पनि शुक्रबार नै एक विशेष कार्यक्रममार्फत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखराको मदरल्याण्ड माविले पिइए इन्जिनियरिङ एण्ड आइटी क्वीज–२०८१ मा क्लीन स्वीप गरेको छ । विद्यालयका चारवटै टिम प्रथम,…
  • जनआदर्श माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । जनआदर्श मावि, फेदिखोला–४, आरुखर्कको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन समारोहका प्रमुख…

hero news full width