बेनी । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा बिहीबार सुरु भएको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा नेपाल मगर विद्यार्थी संघ म्याग्दीको व्यवस्थापनमा ११ औं राष्ट्रिय भेला सुरु भएको हो । भेलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले उद्घाटन गरिन् ।
मन्त्री पुनले मगर समुदायका युवायुवतीले विदेश जाने र लाहुरेको मानसिकता त्याग्न जरुरी रहेको बताइन् । उनले विदेशिने सोच त्यागेर उच्च शिक्षा हासिल गरी देशभित्र निजामती, व्यापारिक, प्रशासनिक र राजनीतिक क्षेत्रमा रहेर देशको सेवा गर्ने भावना बनाउन आग्रह गरिन् ।
‘मगर समुदायमा अझै पनि पढेकालाई भन्दा विदेश जानेलाई ठूलो मान्ने गलत परम्परा छ, त्यो हटाउन जरुरी छ,’ मन्त्री पुनले भनिन्, ‘मगर समुदायको उत्थान गर्ने हो भने शैक्षिक जागरण ल्याउनुपर्छ । योग्य र सक्षम भएर प्रशासनिक र राजनीतिक क्षेत्रमा उपस्थिति बढाउनुपर्छ । सरकारी निकायमा मगर समुदायको उपस्थिति कम हुँदा र भएका मगरले चासो नदिँदा हाम्रो कोटामा अन्य समुदायले अवसर पाएका थुप्रै उदाहरण छन् ।’
भेलामा देशभरबाट ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ
प्रदेश सरकारले भाषा र संस्कृतिको संरक्षण, अध्यक्ष केन्द्रसँगै पर्यटन प्रर्वद्धनका लागि कल्चर भिलेजको परिकल्पना गरेर जग्गा खोजी सुरु गरेको जानकारी दिँदै मन्त्री पुनले मातृ भाषामा पढाउने विद्यालयलाई थप अनुदान र स्थानीय तहको मातृभाषाको पाठ्यक्रम तथा पुस्तक बनाउन सहयोग गर्ने कार्यक्रम रहेको बताइन् ।
नेपाल मगर संघका केन्द्रीय सचिव तथा गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले आसन्न जनगणनाका क्रममा मगर समुदायको वाास्तविक तथ्यांक पहिचान गर्नका लागि मगरले अन्यसँग मिल्ने थर नलेखाउन अनुरोध गरिन् ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले संघीयताको भावना अनुसार संरक्षित र बिशेष क्षेत्रका रुपमा रहेका स्थानीय तहलाई संघ र प्रदेश सरकारले बजेट बिनियोजनमा प्राथमिकता दिनुपर्ने बताए । भेलामा विभिन्न ९ वटा समसामयिक प्रस्तावमा छलफल हुने संघका अध्यक्ष विष्णुकुमार थापामगरले बताए । उनका अनुसार मातृभाषामा पठनपाठन, निशुल्क उच्च शिक्षाको व्यावहारिक कार्यान्वयन, स्वायत्त विश्वविद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमूलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने बिषयमा छलफल गर्ने भेलाका एजेन्डा छन् ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सभापति खमबहादुर गर्बुजा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि शेरबहादुर केसी, मगर संघका प्रदेश सचिव राजकुमार थापा, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख दलबहादुर थापामगर, अधिवक्ता गौबहादुर आलेमगर, नेपाल मगर संघ म्याग्दी अध्यक्ष डकमाया पाइजा, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय प्रचारप्रसार सचिव खम थापामगर, जेसिजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, मगर विद्यार्थी संघ म्याग्दीका उपाध्यक्ष दर्पण रोकामगर लगायतले बोलेका थिए । अध्यक्ष थापा मगरको अध्यक्षता, महासचिव प्रेम रोका मगरको सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले स्वागत गरेका थिए ।
देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकीसहितको र्याली निकालिएको छ । बृहत र्यालीमा मगर भेषभूषा प्रदर्शनीसँगै मौलिक पुख्र्यौली सोरठी नृत्य समेत देखाइएको छ । भेलामा देशभरबाट ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१