पोखरा । चौथो रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइखलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक प्रिक्वाटरबाट बाहिरिएको छ । आयोजक बगर भाइखलक ‘ए’ टिम बिहीबारको खेलमा मनाङ मस्र्याङ्दी भेट्रान्स काठमाडौसँग ०–१ ले गोलअन्तरले पराजित भएको हो ।
यस्तै, टि बर्गर भेट्रान्स ललितपुरले पोखरा भेट्रान्सलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको छ । जितमा म्यान अफ दि म्याच भगवान थापाले २ गोल गरे । अर्को खेलमा नवलपरासी भेट्रान्स फुटबल क्लब विजयी भयो । बिबिसीसँगको स्पर्धामा निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि टाइब्रेकरमा ३–२ गोलले जित निकालेको हो ।
काठमाडौंका मियासान मियाले हेटौडा भेट्रान नीलोलाई टाइब्रेकरमा ४–३ गोल र धनिमण्डल भेट्रान्स ललितपुर र मनाङ मस्र्याङ्दीको खेलमा मनाङ टाइब्रेकरमा भाग्यमानी बन्यो । कुल २८ टिमले भाग लिएको प्रतियोगितामा विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगितामा बेस्ट अफ फाइभ विधामा पनि पुरस्कारको व्यवस्था रहेको प्राविधिक संयोजक खगेन्द्र गुरुङले जनाए ।
Related News
सम्बन्धित समाचार
नाम चम्काउँदै नवीन
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित
भलिबल उपाधि शान्त र जनप्रियलाई
५ किमी दौडमा नर्मता र विवेक प्रथम
प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबकोे अग्रता
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
वैशाख ४, २०७८एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८